arrow

पत्रकार विश्वकर्मामाथि आक्रमण, युनियनको आक्रोश

पत्रकार विश्वकर्मामाथि भएको आक्रमणले काठमाडौंको सुरक्षा अवस्थालाई पनि खिस्ट्याएको जनाइएको छ ।

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
hiralal.jpg.jpeg
काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा दलित विभाग प्रमुख हिरालाल विश्वकर्मामाथि सोमबार राती अज्ञात समूहले आक्रमण गरेको छ। विश्वकर्मा कार्यरत हिमालय टाइम्स दैनिकबाट घर फर्कने क्रममा सोमबार राती साँढे ९ बजे मध्य वानेश्वरस्थित भेनस अस्पताल र पूजा प्रतिष्ठानको बीचमा केहि नचिनेका व्यक्तिहरुले आक्रमण गरेका हुन्। ५–६ जनाको समहुमा रहेका आक्रमणकारीहरुले विश्वकर्मालाई पछाडीबाट आक्रमण गरि लडाएपछि उनको साथमा रहेका पर्स, केहि रकम र महत्वपूर्ण कागजातहरु समेत लुटेर लगेका छन्। विश्वकर्माको सोमबार रातीनै अस्पतालमा उपचार गरिएको र चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरि उनी केहि दिनको लागि आराममा रहेका छन् ।

नेपाल प्रेस युनियनले विश्वकर्मामाथि भएको आक्रमण प्रति खेद व्यक्त गर्दै आक्रोश व्यक्त गरेको छ । यूनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै पत्रकार विश्वकर्मामाथि भएको आक्रमणले काठमाडौंको सुरक्षा अवस्थालाई पनि खिस्ट्याएको जनाइएको छ ।

युनियन पत्रकार हिरालाल विश्वकर्मामाथि भएको आक्रमण र लुटपाटको भत्सर्ना गर्दै दोषीहरुको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन स्थानिय प्रसासन तथा प्रहरी प्रसासन समक्ष जोडदार माग गरेको छ ।
 



नयाँ