arrow

विरगन्जमा एसएसबीको कडाई हट्यो, निर्वाध ओहाेर–दोहाेर

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
raksaul-new.jpg.jpeg
पर्सा । नेपाल–भारत मुख्य नाका रक्सौलमा भारतीय पक्ष कडाई गर्न छाडेपछि निर्वाध सामान ओसार पसार र चहलपहल बढेको छ । ठूला मालबहाक गाडीहरु ओहाेर–दोहाेर नगरेपनि दैनिक हजार बढी मोटरसाइकल भारत छिर्ने आउने गरिरहेका छन् । सोमबार मात्रै हजार बढी मोटरसाइकल भारत प्रवेश गरेको स्थानीय पत्रकार कुवेर गौतमले जानकारी दिए । सोमबार भारतीय सीमा सुरक्षाबल एसएसबीले रक्सौलका होटल होटलमा कुकुर राखेर कडा चेक जाँच गरेकामा मंगलबार कुनै कडाई नरहेको गौतमले बताए । 
 
मंगलबार भारतीय स्वतन्त्रता दिवस परेकाले पनि कुनै रोकठोक नरहेको उनले बताएका छन् । विरगन्जदेखि पथलैया सम्म भने स्थानीय ठूला साना सवारी गुडीरहेका पत्रकार पुरुषोत्तम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मोर्चा कार्यकर्ता चुपचाप आफ्ना भुमिका निर्वाह गरिरहेका छन् । ओहाेर–दोहाेरमा कुनै समस्या छैन । रिक्सा, मोटरसाइकल, ठेलामा सामान ओसार्नेको भिड नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ