arrow

राजेन्द्र महतो र जेपी गुप्ता एक हुँदै

थरुहट र जनजातीसहितको महागठबन्धन

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
Rajendra-&-JP-gupta.jpg.jpeg
काठमाडौं । तराई मधेसमा जारी आन्दोलनलाई आधार बनाउँदै मधेसी, थारु र जनजाती पार्टी तथा संगठनहरु एक ठाउँमा अाउने भएका छन् । सद्भावना अध्यक्ष राजेन्द्र महतो र जयप्रकाश गुप्ता एक हुने तयारीमा लागेका हुन् । महतोले गुप्तासंग छलफल गरेका छन् । महतोले हाम्राकुरासंग भने,‘मैले मधेसका सबै पार्टी र संगठनहरुलाई एकै ठाउँमा ल्याउन महागठबन्धन बनाउने प्रस्ताव गरेको थिए, सोही अनुसार छलफल भएको हो ।’ पार्टी एकता र कार्यगत एकता भन्दा पनि तत्काललाई मधेसको आन्दोलन अझ सशक्त बनाउन मधेसमा रहेका दलहरु, अभियान र संगठनहरु एकै ठाउँमा आउन लागेका हुन् ।
 
एक हुनेबारे जयप्रकाश गुप्तालाई सम्पर्क गर्दा पुप्ताले फोन रिसिभ नगरी विच्छेद गरिदिए । महतोले आफु विरामी रहेको र विराटनगरमा आराम गरीरहेको बताउँदै महागठबन्धनमा थरुहट र जनजाती समेत आउने जानकारी दिए । शीर्ष दलहरु संविधान संशोधनमा एक लौटी अघि बढेको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठबन्धनतिर लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ