मिष्टर नेपाल २०१६ का प्रतियोगीको प्रशिक्षकको रुपमा उनी भित्रिएका हुन् ।
प्रकाशित २०७२ माघ १२ मंगलबार
1.2k
Shares
काठमाडौ । नेपालको पहिलो तथा चर्चित कोरीयोग्राफर प्रशान्त ताम्राकार मिष्टर नेपालमा भित्रिएका छन् । मिष्टर नेपाल २०१६ का प्रतियोगीको प्रशिक्षकको रुपमा उनी भित्रिएका हुन् । मिष्टर नेपाल २०१६को अहिले धमाधम अडिसन भइरहेको छ ।
जनकपुर , बिरगञ्ज, चितवन, पोखरा, दोलखा,धादिङ ,नुवाकोट,डोटी ,अछाम नेपालगञ्जलगायत धेरै जिल्लामा आयोजित अडिसनबाट ३२ छानिएको नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष समेत रहेको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए । उनले प्रतियोगीताको दोस्रो अडिसन काठमाडौमा सुरु भएको जानकारी गराए ।
पुरुषहरुको एकमात्र सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल२०१६’को शिर्ष बिजेताले यस पटकबाट ‘मिस्टर वल्र्ड २०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउने ब्यवस्था मिलाएको एक्सपोज नेपालले जनाएको छ । युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनित्व गर्न सक्ने जिम्बेवार नागरिक बनाउने उदेश्य प्रतियोगीताको रहेको छ । १६ देखी ३५ ननाघेका युवाहरुको प्रतियोगीतामा सहभागिता रहनेछ ।
अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागी रक क्लाइमिङ ,स्वमिङ, फुटबल ,सर्ट हाइकिङग ,समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व बिकाशलगायतका बिधाका बिषेश प्रशिक्षण दिइनेछ ।
प्रतियोगीतामा शिर्ष सिहत बिभिन्न बिधामा बिजेता चुनिनेछन् । बिर्ष बिजेताले मिष्टर वल्डमा सहभागीको अवसरका साथै चलचित्र, म्युजिक भिडियो , ब्यवसाहिक बिज्ञापन चलचित्रलगायतमा अभिनय अवसर प्राप्त गर्नेछन् ।