रुकुम । रुकुमको खोलागाउ ५ की १८ वर्षिय सुस्मीता शाहको हत्या भएको ९ दिन पछि घटनाको स्थलगत अनुगमन प्रतिवेदन मंगलवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरिए पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन । स्थानिय सामुदायिक वनमा दाउरा लिन गएकि सुस्मीताको माघ ४ गते सोमवार रहस्यमय हत्या गरिएको थियो । अनुगमनको आयोजक अन्र्तरपार्टी महिला सञ्जाल रुकुमले सुस्मीता शाह हत्या घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरेको हो ।
उनको हत्या कसले र किन गर्यो भन्ने कुरा भने अझै खुल्ल सकेको छैन । उनको हत्या र हत्याराहरु पत्ता लाग्न नसक्दा शान्ति सुरक्षा तथा व्यक्तिको बाच्न पाउने मानव अधिकार प्रति चुनौति थपिएको छ । प्रतिवेदन सार्वजनिक गर्दा सम्म प्रहरीले घटनामा संलग्न र घटना कसरी भएको भन्ने वारे पत्ता लगाउन सकेको छैन ।
उपभोक्तका लागि स्थानिय सामुदायिक वनमा दाउरा खुला गरेपछि आमा र बुवा दाउरा काट्न गएका थिए भने छोरी सुस्मीता दिनमा पसलको काममा व्यस्त रहेको बताएको छ । दिनभर पसलमा बसेकी सुस्मीता बेलुकि करिव साडे पाँच बजेतिर पसल बन्द गरेर आमावुवालाई सघाउन वनतिर लागेको स्थलगत अनुगमन प्रतिवेदन जनाईएको छ ।
घटनाको वस्तृत विवरण
वनबाट काटेका दाउराको भारि बोकेर बुवा अगाडि र छोरी सुस्मीता पछाडि घरतिर हिडेको बताईएको छ । अगाडि हिडेका बुवा सरासरी घर पुगेका र पसलको साचो छोरी सँगै भएकाले बुवा प्रेम वहादुर शाह घरतिर आएकोबाटोमा छोरीलाई लिन फर्किएका थिए । करिव एकसय मिटर दुरीमा दाउराको भारि पल्टीएको उनको बुवाले भटाएको र छोरीलाई दिसा,पिसाव लागेर जंगल तिर गएको होली भनेर उक्त भारी बुवाले घर ल्याएको बताए ।
पुःन छोरी घर आउन ढिला गरेपछि बुवा प्रेम वहादुर उतै तिर सुस्मीतालाई खाज्न लागेको बताईएको छ । झमक्क रात परेकाले मान्छेहरु दाउरा ल्याउनका लागि जंगल तिर जाने आउने चहलपहल धेरै रहेको जनाईएको छ । छोरीलाई धेरै ढिला गरे पछि बुवाले नानी भनेर बोलाएको तर छोरीको आवाज कतै सुनिएन ।
छोरी हराएको आधाघण्टा पछि गाउभर हल्लाखल्ला मच्चिए पछि सवै गाउले सुस्मीताको खोजिमा लागेको थिए ।
गाउ नजिकैबाट मान्छे हराउदा गाउलेहरु निकै अच्च्ममा परेका थिए । जहाँ दाउराको भारि बिसाईएको थियो । त्यहि ठाउबाट ओरालो तिर मान्छेहरुले खाज्दा बाटो देखि करिव ३० मिटर टाढा मोवाईल भेटिएको थियो । यस्तै मोवाईल भेटिएको करिव ५० मिटर तल चप्पल फेला परेको थियो । यसकै पिछा गर्दै अगाडि बढ्दा हल्का भिराले ठाउमा कुर्ताको सुरुवाल पेला पारेको थिए ।
खोज्दै अगाडि बढिरहेका मानिसहरुले सानोभिरालो खोलाको किनारमा रहेका साजको रुखमा सुस्मीतालाई फेदमै बेरेको भेटाए । त्यतिवेला उनको मुखभरि रगत लतपत्तिएको र कन्चटमा चोट, दायावाया आँखा लगाएत शरीरको विभिन्न भागमा कोतरीएको मृत अवस्थामा पेला पारेछि उनिहरुले प्रहरीलाई खवर गरेका थिए । सुरुवाल, चप्पल र भित्र लगाएको टाउजर खोलेपछि उनको शरिुरमा भित्रि बस्त्र छोप्ने कपडामात्र लगाएको अवस्थामा स्थानिय बासिले फेला पारेको बुझिन्छ ।
उनको बलत्कार गरेर हत्या गरिएको हो , या बलत्कार गर्न खोज्दा हत्या गरिएको हो भन्ने बारे अझै स्पष्ट भएको छैन ।
प्रहरी अनुसन्धान र अनुमान
घटना घटेको एक घण्टा पछि घटनास्थल पुगेर प्रहरीले अनुसन्धान प्रक्रिया सुरुगरेको थियो । तर हत्याको ठोस प्रमाण भने हाल सम्म फेला पार्न सको छैन । मुसिकोट खलंगाबाट पटकपटक प्रहरी निरिक्षक सहितको टोलि पुगेर अनुसन्धान पनि गरिरहेको छ । घटनाको बारेका स्थानियबासिहरुले प्रहरीलाई ठोस कुरा बताउन नसकेपछि अब प्रहरी प्रमाणहरु जुटाएर घटनाको अनुसन्धान गर्ने तयारीमा अगाडि बढेको छ ।
जिल्ला अस्पताल जाजकोटमा गरिएको सुस्मीताको पोष्टमार्टम प्रारम्भिक रिपोर्टमा बलत्कार गर्ने प्रयासमा उनको हत्या गरिएको हुन सक्ने डाक्टरहरुले बताएका छन् । त्यहि आधारमा प्रहरीले अनुसन्धानका लागि गाउका पाँचजना युवाहरुलाई नियन्त्ररमा लिएर अनुसन्धान गरि छाडेको छ । गाउको नजिकै मानिहरुको चहलपहल भैरहेको समयमा घटेको उक्त घटनाको बारेमा स्थानियहरुलाई केही न केही कुरा जानकारी हुनु सक्ने तर जानकारी दिन नचाहाएको प्रहरीले अनुमान गरेका छ । प्रहरीले जति सक्यो स्थानियबासिको सहयोग चाहेको छ । तर कोहि पनि स्थानियबासिहरु अनुसन्धानलाई सहयोग हुनेखालको प्रतिक्रिया दिदैनन् । गाउमा यसअघि थु्रपै बलत्कारका घट्ना घटेकाले यो घटना पनि बलत्कार गर्ने उद्देश्यले घटाईएको अनुमान गरिएको छ ।
यस्ता घट्ना गाउको ईज्जत जान्छ भन्दै स्थानिय राजनीतिक दलहरुको रोहवरमा पैसाको मिलपत्र गरेर गोपचुप गरिदै आएको पनि खुलासा भएको छ । त्यसै नजरको रुपमा सुस्मीताको अपहरण गरि हत्या गरिएको हुनसक्छ । हत्यामा संलग्नताको विषयमा स्थानियबासिलाई बढि भन्दा बढि निग्रानि गर्न अवश्यक छ ।
अघिल्लो आर्थिक बर्षमा ३ वटा बलात्कारका घटना
रुकुम जिल्लाभर अघिल्लो आर्थिक बर्षमा ३ वटा बलात्कारका घटना भएको पाईएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल रुकुमको प्रतिबेदन अनुसार ३ वटा बलात्कारका घटना घटेका हुन । सञ्जालकी अध्यक्ष कल्याणी खड्का अनुसार यी ३ वटा बलात्कारका घटना कानुनी उपचारका लागि प्रहरी प्रशासनसम्म आएको भएपनि अरु बाहिर नआएका धेरै घटना पनि हुनसक्छन । सञ्जालले तयार पारेको रिपोर्ट अनुसार बलात्कार सगै महिला हिंसा सम्बन्धी धेरै घटनाहरु पनि जिल्लामा घटेका छन ।