arrow

पैसा खिच्न ब्याजकाे लाेभ देखाउँदै छन् बैंक : पूर्व गर्भनर क्षेत्री

राष्ट्र बैंकको निर्देशनलाई पनि चुनौती दिइएको हो भने कारबाही हुनु पर्छ

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
dipendra-bahadur-chettr.jpg.jpeg

काठमाडौं । बैंकहरुमा अहिले व्याजदर बढाउने होड नै चलेको छ । केही बैंकहरुले १२ प्रतिशतभन्दा माथि पनि ब्याजदर दिने भनि घोषणा गरेका छन् । केही महिनाअघि मात्र बैंकहरुले तरलताको अभाव भनेर दाबी गरेका थिए ।

अहिले पनि बैंकहरु त्यही स्थितिमा आइसकेका छन् । राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले भनेका छन्, ‘बैंकले लिनुपर्ने ऋण र कर्जामा ब्याज जति बढाएका छन्, त्यत्ति नै निक्षेपमा कन्जुस्याइ छ ।’ तरलताको अभाव भएको कारणले सर्वसाधारणमा भएको पैसा खिच्नका लागि निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिन्छौं भन्ने होड चलिरहेको छ ।

बैंकमा पैसा राखेर ब्याज खानेका लागि त खुशीको कुरा होइन ? जवाफमा उनले भने, ‘त्यो कुरा ठीकै होला, तर बैंकमा निक्षेप राखेर ब्याज खाने कति होलान ? राष्ट्रियस्तरको तथ्यांकलाई हेर्ने हो भने सय रुपैयाँ आम्दानी गरिएछ भने ९ रुपैयाँ हामी बचत गछौं, ९१ रुपैयाँ हामी उपभोगमा खर्च गछौं । ब्यापार गर्नेहरु व्यापार विस्तारमै लगानी गर्छन् । बैंकबाटै ऋण लिएर भए पनि अझ बढी व्यापार विस्तार गर्नुपर्छ भनेर बैंकहरुमा चाप बढ्न गएको हो ।’

उनले अहिले बैंकमा तरलताको अभाव भएकै हो भनेका छन् । राष्ट्र बैंकको तथ्यांक र राष्ट्र बैंकले नै लैजानुस् भनेर राखेको पैसा जति चलाइएको छैन, क्षेत्रीले अगाडि थपे, ‘त्यो दृष्टिकोणले तरलता होइन भनेर राष्ट्र बैंकले दाबी गर्न सक्छ होला । तर, व्यक्तिसँग भएको पैसा तान्नका निम्ति यति ब्याज दिन्छौं हामी कहाँ ल्याउनुस भन्छन् भने प्रतिस्पर्धा देखिन्छ भने तत्कालका लागि तरलताको अभाव हो भन्नुपर्छ ।’

उनीहरुले कर्जा वा लगानीमा लिनु पर्ने व्याज परार साल दिएका छन् भने पनि ७ प्रतिशतमा लैजानुस् घर कर्जा भनेर भनेर हल्ला गरे, क्षेत्रीले भने, ‘७ प्रतिशतमा लिएको ऋणलाई पनि अब पैसा अभाव भयो भनेर ११–१२ प्रतिशत व्याज बढायौँ है भनिरहेका छन् । यो सरासर गलत हो । लगानी लगाउँदा फाइदासहित जोडेर ७ प्रतिशत भन्नेहरुले आफ्नो पोजिसन कहिल्यै तल हुन नदिन ११–१२ प्रतिशतको लोभ देखाउनु गलत होइन त ?’

व्यवसाय गर्नेहरुले आफ्नो फाइदाका लागि चलाखि गरे भन्न सकिएपनि कानुनी रुपमा अंकुश लगाउने ठाउँ नरहेको उनले बताएका छन् । यदि राष्ट्र बैंकको निर्देशनलाई चुनौती दिएर अघि बढेका छन् भने त्यस्तोमा कडाईका साथ कारबाही गर्न सक्नु पर्नेमा उनको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ