arrow

आइटी क्षेत्रको नबिनतम सूचना लिन अवलोकनकर्ता क्यान एक्स्पोमा होमिने छन : क्यान महासचिव बलामी

प्रधानमन्त्री ओलीले एक्स्पोको उद्घाटन गर्ने

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
bishow-ram-balami.jpg.jpeg
काठमाडौ। यही माघ १५ गते देखि काठमाडौको प्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला क्यान एक्स्पो २०१६ हुदैछ। नेपालमा हुने प्रर्दशनीहरुमा सबै भन्दा ठुलो मानिएको एक्स्पोको उद्घाटनलाई भब्य बनाउन तयारी भैरहेको छ।एक्स्पोको संयोजक समेत रहनुभएका  क्यान महासंघका महासचिव बिश्वराम बलामी लामो समय देखि सूचना प्रबिधि क्षेत्रमा सकृय हुनुहुन्छ। टेलिकम्युनिकेशन सेक्टरमा समेत उहाँको अनुभव रहेको छ।
 
क्यानको कार्यसमितिमा रहनु भएको समेत ८ बर्ष भैसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रर्दशनीको उद्घाटन गर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव बलामीले बताउनुभयो। सूचना र प्रबिधि क्षेत्रका नयाँ नयाँ भर्सनहरु यस पटकको एक्स्पोमा उपलब्ध हुने तथा स्मार्ट टेक्नोलोजीबारेमा अवलोकन कर्ताले बुझ्ने मौका पाउने उहाँको दावी रहेको छ। 
 
डिजिटललाईजेशन, सेक्युरिटी सिस्टम जस्ता कुराहरुको अवलोकनकर्ताले ज्ञान हासिल गर्ने बताइएको छ। सूचना प्रबिधि क्षेत्रको अनुभव तथा एक्स्पोका बारेमा उहाँसग हाम्रा सहकर्मीले कुराकानी गर्नुभएको छ। सोही कुराकानीको भिडियो अन्तर्वाता।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ