arrow

पप गायक विमल मगरको ‘पारिगाउँको फूल’मा किराती कल्चरमा पप फ्युजन (भिडियो)

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
bimal-magar-pop-song-model.jpg

काठमाडौं। हङकङमा जन्मिएका उदीयमान पप गायक विमल मगरको नयाँ शैलीको गीत ‘पारि गाउँको फूल’ सार्वजनिक भएको छ । 

सधैं फरक शैलीको गीत पस्कने गरेका विमलले यसपटक झनै नयाँ शैलीको गीत पस्केका छन् । 

सय वर्ष अगाडिको परिवेशलाई कथानकरुपमा प्रस्तुत गरिएको यो गीतमा लोकभाका र पप शैलीलाई फ्युजन गरिएको छ ।   

म्युजिक भिडियोको मुख्य भाग ललितपुरको गोदावरीमा शुटिङ गरिएको हो । 

म्युजिक भिडियोमा असाध्यै नयाँ प्रयोग गरिएको छ । शताब्दी अगाडिको काल्पनिक कथावस्तुलाई पृथक ढंगमा प्रस्तुत गरिएको छ । 

यसलाई एउटा ‘पेरियोडिक सर्ट मुभी’झै बनाइएको छ । भिडियोको हरेक ठाउँमा सांस्कृतिक र ऐतिहासिक महत्वका सामाग्रीहरुको प्रयोग भएको छ । 

सर्ट फिल्म हेरेजस्तो लाग्ने गीतको भिडियोमा गाउँको लेञ्जा काजी (निर्मल मगर) लाई पारि गाउँकी माष्टो नानी औधि मनपर्छ । 

माष्टो नानीको भूमिकामा कलाकार विष्णु चेम्जोङ छिन्, जसलाई ‘पारिगाउँको फूल’ भनिएको छ । 

पारि गाउँको फूल टिप्न लेञ्जाकाजी घोडामा चढेर तलबारसहित गाउँतिर लाग्छन् । जलपरीजस्तै लाग्ने माष्टोनानी पोखरीछेउमा भेटिन्छन् । तर, उनको सुरक्षामा चिरबिरे दाजै (गोविन्द राई) हुन्छन् । 

लेञ्जाकाजीले अन्ततः तलबार बुझाएर आत्मसमर्पण गर्छ र माष्टो नानीलाई आफ्नो गाउँमा ल्याउँछ । 

सैयौं वर्ष पहिलेको कबिला समाजमा पनि आफूलाई मन परेकी केटीसँग प्रेम गर्न र उसलाई आफ्नो बनाउन निश्चित प्रक्रियाहरु थिए भन्ने सन्देश दिन खोजेको यो गीतमा पश्चिमा शैलीको पप र पूर्वीय शैलीको किराती परम्पराको रोचक मिश्रण गरिएको छ । 

लोक–पप शैलीको यो गीत फ्युजन म्युजिकको एउटा उदाहरण हो । जहाँ विषयवस्तु र शब्दलोक संगीत र परिवेशमा आधारित हुन्छ भने संगीत संयोजनमा पश्चिमा भाका र म्युजिकको प्रयोग गरिन्छ । 

यो गीतमा नेपालका परम्परागत बाजाहरु धिमे, भुसिया, मादल, सारंगी र नरसिंगाको समेत प्रयोग गरिएको छ । साथै अष्ट्रेलियन बाजाको समेत यसमा प्रयोग गरिएको छ । 

विमल मगरको गीती एल्बम ‘मिजाप’ मा यो गीतलाई समेटिएको छ । यसमा चिहाइ हेर, बाह्र बज्यो है, कपुरी कलराप, कसले भन्छ तिमीलाई र पारि गाउँको फूल जस्ता गीतहरु समेटिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ