arrow

पाँचथर कांग्रेस सभापति बन्न दाहाल र केरुङ प्रतिस्पर्धामा उत्रिने

संस्थापन-संस्थापन पक्ष बिच नै प्रतिस्पर्धा हुने

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७२ माघ १२ मंगलबार
13th-congress.png.png.png.png

पाँचथर । नेपाली काग्रेसको आसन्न १३ औ महाधिवेशन नजिकिएसँगै पाँचथरमा चुनावी सरगर्मी बढेको छ । पाटीको अधिवेशन पछि विभिन्न पदहरुमा उठ्ने उम्मेदवारहरु अहिले भोट माग्न गाउँ गाउँ पसेका छन् । केन्द्रमा संस्थापन र देउवा पक्ष लड्ने भएपनि पाँचथरमा भने संस्थापन र देउवा पक्ष भन्दा पनि संस्थापन भित्रै दुई प्यानल भई चुनावी मैदानमा उत्रदै छन् ।

अहिले पाटी जिल्ला सभापति तथा युवा नेता नरेन्द्र कुमार केरुङ र पूर्व जिल्ला उपसभापति, अनुभवी नेताको छवि वनाएका महासमिती सदस्य सुरेन्द्र दाहाल वीच आपसमा प्रतिस्पर्धा हुने कार्यकर्ता बिच चर्चा छ। दुवै टिम खुलेर आ–आफूलाई भोट दिई विजयी गराउन भन्दै कार्याकर्ताहरुसँग भोट माग्न ब्यस्त छन् ।

दुवै सभापतिका उम्मेदवारहरुले भोट माग्न कार्यकर्तालाई गाउँ–गाउँमा खटाइरहेका छन् भने दिनैपिच्छे नेता तथा कार्यकर्ताहरुको भेटघाट वाक्लिँदो छ । एउटा काँग्रेस पाटीको महाविधेशन भएपनि पुरै जिल्ला तातेको छ । पार्टीको यूवा ब्यक्तित्वको साथ पाटी सभापति केरुङलाई छ भने अनुभवी र बौद्दिक नेतृत्वको साथ महासमिति सदस्य दाहाललाई छ ।

पाटीको सुभेच्छुक संगठनको रुपमा रहेको नेपाल शिक्षक संघका अधिकांश पदाधिकारीले सुरेन्द्र दाहाललाई साथ दिदैँछन्,दाहाल निकट एक कार्यकर्ताले भने,“यति मात्रै नभएर जिल्लाका उद्योगि ब्यवसायी, अनुभवी नेता तथा गाउँतहका पुराना नेता कार्यकर्ताको समेत साथ छ, त्यसैले यसपाली सुरेन्द्र दाहालको जित सुनिश्चित छ ।”

पार्टी यूवाले मात्रै नचल्ने भएकोले पार्टीमा योग्दान पुरयाएका जोश र होश भएका ब्यक्तिहरुसँगै लिएर गए मात्रै पाटी संस्थागत ढंगबाट अघि वढ्ने दाहाल पक्षका नेता कार्यकर्ताको ठम्याई छ । उनीहरुले गाउँ–गाउँमा गएर भाषण गर्दे वर्तमान कार्यसमितिले फेरि पुन अर्को कार्यकाल चलाउन नसक्ने भन्दै अव पार्टीको जिल्लाको नेतृत्व परिवर्तन अपरिहार्य रहेको वताउँदै आएका छन् ।

यस्तै नरेन्द्र केरुङ पक्षले भने पुराना नेता कार्यकर्तालाई सम्मान र यूवा शक्तिले नेतृत्व गर्दे नयाँ,पुराना नेता कार्यकतालाई मिलाएरै लैजान सकिने वताउँदै आएको छ। पार्टीको काममा खट्न सक्ने र पाटीलाई पर्दा काम गर्न सक्ने ब्यक्ति अहिले पाटीको निम्ति आवश्यक रहेकोले,त्यो मिलाएर लिएर जाने सक्ने क्षमता केरुङको मात्रै रहेको भन्दै यसपालीको अधिवेशनमा केरुङ पक्षको जित सुनिश्चत हुने केरुङ समर्थित एक नेताले वताए। यस्तै केरुङलाई पाटीका भातृसंगठन तरुण दल,महिला संघ,दलित संघका नेतृत्व गणको साथ र समर्थन रहेको वताइन्छ ।

पार्टी सभापति केरुङ क्षेत्र नम्बर १ का हुन् भने महासमिति सदस्य दाहाल क्षेत्र नम्बर २ का हुन् । दुवैको आ–आफनो क्षेत्रमा कार्यकर्ताको पकड रहेको वताइन्छ । जसले अर्को क्षेत्रको पकड कब्जा गर्न सके जित सुनिश्चत रहेको विश्लेषकहरु वताउँछन्। यस्तै केरुङ पक्षको प्यानलबाट सचिव पदमा अहिलेका सचिव हरिराज आङदेम्वे र सहसचिव वृजहाङ मध्ये एक जना लाई उठाउने तयारी गरिएको छ। वाँकी पदहरुमा उम्मेदवारीको हल्ला चलेपनि अहिलेसम्म आधिकारीक पुष्टि हुन सकेको छैन्।

यस्तै सुरेन्द्र दाहालबाट भने वाँकी पदहरुमा कसलाई उठाउने अहिलेसम्म एकिन हुन नसकेको वताइएको छ। उनी निकट एक कार्यकर्ताले भने,जातिय,क्षेत्रियता सवै मिलाएर जित्न सक्ने टिमको तयारी गरिँदैछ ।” क्षेत्रिय अधिवेशन सकेर मात्रै टिमका पक्षको नाम सार्वजनिक गरिने वताइएको छ । यस्तै पाटीको क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिको लागि महाधिवेशन प्रतिनिधी डेकेन्द्र तामाङ र नेपाल आदिवासी जनजाति विभागका केन्द्रिय सदस्य बम लावतीको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस्तै फिदिम नगरको अध्यक्षमा सन्तोष श्रेष्ठ, हर्क मोक्तान,कृष्ण वास्कोटाको नाम चर्चामा छ । यस्तै क्षेत्र नम्वर १ मा पार्टी क्षेत्रिय सभापति समर बहादुर अधिकारीले नै फेरि दोहारयाउने इच्छा ब्यक्त गरेका छन् भने अहिलेको क्षेत्रिय उपभासपति गणेश योङयाको नाम पनि वाहिर आएको छ । तर उनको भने अहिलेसम्म उठने नउठ्ने टुंगो लागिसकेको छैन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधीमा क्षेत्र नम्वर २ बाट पूर्व स्थानिय विकश मन्त्री तथा केन्द्रिय सदस्य पूर्ण कुमार शेर्मा,महासमिती सदस्य सुरेन्द्र दाहाल, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष विरेन्द्र खड्का, नेविसंघ केन्द्रिय सदस्य पूर्ण तुम्वापो, धनराज तुम्वापो, नेपाली काग्रेसका नेताहरु धर्मेन्द्रविक्रम नेम्बाङ,रामराज आङदेम्वे,विपेन्द्र गौतम,गोपाल पोख्रेल,जय कुमार ढकाल,राजेन्द्र रिजाल, नन्द नेम्बाङ,चन्द्र आङदेम्वे,सुरेन्द्रराज आङदेम्वे, देवित्रा आङदेम्वे, चन्द्र माँया योङहाङ,गंगामाँया आङदेम्वे,  निर बहादुर धमला विमल,मणिचन्द्र रामधाम,खम्बासिंह लुहागुन,जगदिश शाहको नाम चर्चामा छ ।

यस्तै क्षेत्र नम्वर १ बाट महाधिवेशन प्रतिनिधीको उम्मेदवारमा नेपाल शिक्षक यूनियनका अध्यक्ष तथा काग्रेसका प्रभावशाली नेता रुपनारायण जवेगु, पूर्वगृहराज्यमन्त्री दिपक वास्कोटा, पाटी सभापति नरेन्द्र कुमार केरुङ,पाटी उपसभापति सुरेन्द्र तिम्सिना,जय रिजाल,ओनाहाङ नेम्बाङ,चिनान्द खतिवडा, टेकेन्द्र काम्बाङ, नरेन्द्र राई, लक्ष्मी ताँवा, कृष्ण कुमारी खतिवडा, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष खोकिला दुलाल,चन्द्रकला केरुङ,डिल्ली कुमारी ओझा, पूर्ण बहादुर नेपाली,लक्ष्मी सुनुवारको नाम चर्चामा छ ।

जिल्लामा उठ्ने महाधिवेशन प्रतिनिधीमा भने अधिकांश संस्थापन पक्षका देखिन्छन्। पछि केहि महाधिवेशन प्रतिनिधी भने शेर बहादुर देउवा पक्षकोमा जान सक्ने वताइएको छ। यस्तै केहि कार्यकर्ताहरुले भने यसपालीको अधिवेशनमा उठ्ने उम्मेदवारहरुलाई भोट हाल्दा प्यानलवाइज भन्दा पनि ब्यक्ति हेरेर भोट हाल्ने तयारी रहेको वताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ