arrow

एनसेल मेला हाटखोलामा नाचगान

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
ncell-shiva-Pariyar.jpg

काठमाडौं। एनसेलले शनिवार विराटनगरको हाटखोलामा आयोजना गरेको एनसेल मेला २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन्। कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्ने मुल उदेश्यका साथ आयोजना गरेको यो मेलामा दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए।

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु भएको थियो। चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु, जुनियर सिङगिङ्ग आइडल, किडस् जोन, फेसबुक ट्यागिङ् र फुड स्टलहरुले मेलाका विषेश बनाएको थियो। मेलामा रहेको एनसेल फोरजी जोनमा आगन्तुकहरुले दु्रतगतिको नयाँ सेवा फोरजी इन्टरनेट चलाएर टेष्ट गर्न सकिने र मेला स्थलबाट नै फोरजी सिम लिन सकिने व्यवस्था गरिएको थियो।

मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट ‘क्या दामी भो’, ‘पिलायो साथीले’ र ‘संगी’ लगायत गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए। कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘हाउडे’ र ‘केस नं ४२०’ जस्ता आफ्ना प्रस्तुतीहरु राख्दै दर्शकहरुको मन जितेका थिए । त्यस्तै सांगितीक समुह कबवेबले अत्याधिक मन पराइएका गीतहरु ‘मार्यो नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु प्रस्तुत गर्दै र द एज व्याण्डले लोकप्रिय ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए।

रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको उपस्थितीले मेलामा थप रौनकता छाएको थियो। मेलामा सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए।

युवाहरु फोरजी थिम रहेको पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्सहरु खेल्न तल्लिन देखिन्थे भने बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे। टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो। त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो।

एनसेल मेलाले विराटनगरमा ग्राहक तथा दर्शकहरुलाई पूर्ण मनोरञ्जन प्रदान गर्दै सबैको मन जित्न सफल भएको एनसेलले जनाएको छ। गीत संगीत, गेम्स् र अन्य विभिन्न आर्कषण बाहेक, मेलामा दर्शकहरुले विभिन्न देशी र विदेशी परिकारहरुको मजा लिन पाएका थिए। विराटनगर पश्चात एनसेल मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ