arrow

रविन्द्र, लिलामणीका के-के दस्तावेज पुर्‍याए होलान मुमारामले बाबुरामकहाँ ?

रविन्द्र जीहरुलाई पनि स्वागत गर्न आँतुर छौं : खनाल

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
mumaram-ra-baburam.jpg.jpeg
काठमाडौं । देशमा अहिले नयाँ शक्तीको चर्चा चलिरहँदा पूर्व प्रधामन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा गरेका छन् । त्यसैगरी पत्रकार तथा सामाजिक अभियन्ता रविन्द्र मिश्र, पूर्व मुख्य सचिव लिलामणी पौड्याल एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य स्वर्णीम वाग्ले लगायतले नेतृत्व गरेको नयाँ शक्तीको चर्चा पनि चुलिरहेको छ ।  
 
एउटा नयाँ शक्ति जन्मदै गर्दा र अर्को नयाँ शक्ति जन्मने तयारी गर्दै गर्दा यसमा संलग्न केही व्यक्तिका कारण विवाद शुरु भएको छ । पछिल्लो समयमा राजनीतिक विश्लेषकका रुपमा चिनिएका पूर्व माओवादी कार्यकर्ता मुमाराम खनाल यतिखेर विवादमा तानिएका छन् । सामाजिक संजाल ट्वीटरमा नयाँ शक्ति र बाबुराम भट्टराईप्रति कटाक्ष गर्दै ट्वीटेका मुमाराम अन्तिम समयमा भट्टराईको नयाँ शक्तिमै समाहित हुन पुगेका छन् । उनको त्यस्तो विरोधाभाषपूर्ण कार्यको ट्वीटरमा आलोचना भैरहेकै समयमा अर्को नयाँ रहस्य बाहिर आएको छ । 
 
खनाल केहि समय देखि रविन्द्र मिश्र, लिलामणी पौड्यालको नयाँ शक्तिकोभित्री समूहमा थिए । धेरै आन्तरिक छलफलमा सहेत सहभागी रहेका थिए । नयाँ राजनीतिक शक्तिको तयारीमा रहेका मिश्र र पौड्याल निकट स्रोतले हाम्राकुरासँग भनेको छ,–‘उहाँ धेरै छलफलमा सहभागिता जनाउदै सक्रिय पनि रहनु भएको थियो तर, एक्कासी उहाँको यस्तो निर्णयले अचम्म तुल्याएको छ ।’ 
 
छलफलको दौरानमा धेरै लिखित कागजातहरु सहित छलफल भएको थियो । देशको मुहार फेर्ने भनेर सुरु गर्न लागिएको नयाँ राजनीतिक शक्तिको आन्तरिक प्रयोजनका दस्तावेजहरुका बारेमा सोधिएको प्रश्नमा स्रोतले भन्यो ‘मुमारामजीले आफूहरुको छलफलमा ल्याएको दस्तावेज र हाम्रो योजना उता नबाँड्नु होला भन्ने आशा गरेका छौ ।’ तर, पनि पौड्याल र मिश्रहरुले भने लामोसमयको गृहकार्यपछि तयार गरेको दस्तावेज प्रतिष्पर्धी शक्तिको रुपमा आएको बाबुरामको नयाँ शक्तिले उपयोग नगरोस भन्ने चाहेको स्रोतको भनाइ छ ।
 
खनाल यतिखेर नयाँ शक्तिमा गएको कुराले निकै चर्चा पाएको छ । उनको कार्यले बजारमा राम्रै चर्चा पनि पाएको छ । कतिपय आलोचकहरुले उनलाई विश्वास गर्न नसकिने व्यक्तिको रुपमा पनि टिप्पणी पनि गरेका छन् । उस्तै प्रकृतिको नयाँ शक्तिमा एउटाबाट अर्कोमा सर्ने क्रममा उनमा बचपना देखिएको टिप्पणी समेत भएको छ । भोलि उनी बाबुरामको नयाँ शक्ति छाडेर अर्को शक्तिमा नजालान भन्ने आधार नभएको विश्लेषकहरुको बुझाई छ । 
 
मुमाराम नयाँ शक्तिको ३५ सदस्यीय परिषद्मा गएपछि पनि मिश्र र पौडेलहरुले नेतृत्व गरेको नयाँ शक्तिका कतिपय अभियन्ताहरुसँग कुरा गरेर आफू बाबुरामजीको पार्टीमा गइनसकेको बताएको स्रोतले जनाएको छ । बाबुराम भट्टराईको नयाँ शक्तिको परिषद्मा मात्र सहभागि भएको भन्दै उनले स्पष्टिकरण दिएको पनि बताइएको छ । तर, उनको प्रष्टीकरणपछि पनि अर्को नयाँ शक्तिको कुरा गरिरहेकाहरुबीच खासै ‘कन्भिन्स’ हुन नसकेको बताइएको छ । उनीहरुले मुमारामजीले ती दस्तावेजहरु दुरुपयोग मात्र नगरुन भन्ने चाहेको बताएका छन् । 
 
कुनै समय बाबुराम भट्टराईप्रति कटाक्ष गर्दै ट्वीटेका मुमारामका ती ट्वीट अहिले एकपछि अर्को गर्दै रिट्वीट भएका छन् । कुनै समय उनले लेखेका थिए । ‘बाबुरामका बाख्रा गोठालाहरुलाई मेरो अनुरोध (गगनका खसी, प्रकाशका गाई र देवेन्द्र पौडेलका बंगुरले जस्तै बाबुरामका बाख्राले पनि राजनिति नगरुन् ।’ त्यसैगरी उनले अर्को ट्वीटमा लेखेका थिए ’ जसले बनाए पनि ‘नयाँ ( शक्तिमा’ राजनीतिज्ञ भन्दा बढी रिटायर्ड ‘ब्युरोक्याट’ हुने हो भने त्यो शक्ति बन्न पनि नपाउँदै ‘थोत्रो’ हुनेछ । यस्ता आफैले गरेका कटाक्षहरुलाई छेउ लगाउँदै र अर्को नयाँ शक्तिलाई ‘धोखा’ दिंदै खनाल बाबुराम भट्टराईको नयाँ शक्तिमा नै प्रवेश गरेका छन्। 
 
मिश्र र पौड्यालहरुको नयाँ शक्तिको कोर टीममा काम गरिरहेका मुमारामले बाबुराम नेतृत्वको नयाँ शक्तिमा गएपछि सामाजिक सञ्जाल सगुन डटकममा उनको भुमिकामाथि प्रश्न उठाएर ‘ओपन सेक्रेट’ लेखिएको छ । सामाजिक सञ्जाल सगुन डटकममा समेत प्रयोगकर्ताहरुले कुरा उठाएपछि खनालसँग हाम्राकुरा डटकमले जिज्ञासा राखेको थियो । 
 
रविन्द्र जीहरुलाई पनि स्वागत गर्न आँतुर छौं : खनाल
बाबुरामको नयाँशक्ति शक्तिको अन्तरिम केन्द्रिय पषिद्मा समेटिएका विश्लेषक मुमाराम खनालले घुमाउरो भाषामा नयाँ शक्तिको छलफल चलाइरहेका रविन्द्र मिश्रहरुलाई समेत आफुहरु स्वागत गर्न आँतुर रहेको बताएका छन् । खनालले हाम्राकुरासंग भने,‘रविन्द्र जीहरुबिना नयाँ शक्ति पूर्ण हुन सक्दैन ।’ बाबुरामले फर्मल रुपमा नयाँ शक्ति निर्माणको छलफल चलाएका छन्, रविन्द्रजीहरुले व्यक्तिगत रुपमा नयाँ शक्तिमा लाग्न आग्रह गरिरहेका छन्–फरक यत्ति मात्र हो ।  
 

मैलै रविन्द्रमिश्रहरुको नयाँ शक्ति छोडेर बाबुरामको नयाँ शक्तिमा गएको भन्ने कुरा होइन । खनालले भने,‘नयाँ शक्तिको कुरा गर्ने सबैसंगको छलफलमा छु, बाबुरामले पार्टी नै दर्ता गरिसके, रविन्द्रले पार्टी बनाउँदै छन् भन्ने विषय नै होइन नयाँ शक्तिको छलफल अझै जारी छ ।’ रविन्द्र मिश्रहरुसंग बस्दा डकुमेन्टेसन गर्ने गरेको र पछि सबै बोकेर हिँडेको विषय सोझै स्वीकार नगरेका खनालले आफु एक्लैले मात्र डकुमेन्टेसन नहुने र सिंगो एक संस्थाले गर्ने काम हो–भने । यद्यपि, आधारभूत कुराहरुमा छलफल भएको भने खनालले स्वीकारे । बाबुरामको नयाँ शक्तिमा छलफलका लागि मात्रै गएको हुँ । रविन्द्र जीहरुले समेत छलफलका लागि बोलाइरहनु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ