arrow

नेतालाई खुसी पार्न आयोजनाको १० लाख खर्चेर भ्रमण

logo
राजन कार्की,
प्रकाशित २०७२ माघ १२ मंगलबार
जाजरकोट। एशियाली विकास बैंकको आर्थिक सहयोगमा संचालित ग्रामिण पुर्बाधार विकास तथा जीबिकोपार्जन सुधार कार्यक्रम (ड्रिल्पि) आयोजना जाजरकोटले भ्रमणका नाममा नेता तथा टाँठावाँठालाई खुसी पार्न १० लाख खर्च गरेको छ । जिल्ला विकास समिति कार्यालय जाजरकोट अन्तरगतको यो आयोजनाले उक्त विकास बजेट देश तथा विदेशको भम्रणमा खर्च गरेको पाइएको छ । 
 
लक्षित समुहलाई अवसर नै नदिएर आयोजनाले जिल्ला स्थित सवै राजनितिक दलका नेता, संघसंस्थाका प्रतिनिधी, नागरिक अगुवा, कर्मचारीलाई खुशी पार्न भम्रण गराएको हो । आयोजनाले गत साता ३ दर्जनको जम्बो टोलीलाई सुदुरपश्चिमको बैतडी, डडेलधुरा, भारतको नैनीताल लगाएतका ठाउहरुमा भ्रमण गराएको थियो । आयोजनाले भ्रमणकर्तालाई गाडी भाडा, होटलबास खर्च, खाजा खर्च, झोला, टोपी, भेष्ट, भत्ता लगाएतमा १० लाख खर्च गरेको हो । 
 
बैतडी र डढेल्धुरामा संचालित ड्रिल्पी आयोजना अन्तरगत निर्माण भएका भौतिक संरचनाहरुको अवलोकन तथा सिकाईका लागि भ्रमण गराएको जिल्ला प्राविधीक कार्यालयका प्रमुख ईन्जिीनियर जयराम श्रेष्ठले बताए । जिल्ला बाहिरका संरचनाबाट गरेको सिकाई यस जिल्लामा लागु गर्न भ्रमण भएको उनले बताए । भ्रमणको टोली जम्बो हुदा केहि समस्या आएको उनले बताए । 
 
आयोजनाले गराएको भ्रमण सम्बन्धमा जिल्लाका सरोकारवालाले विरोध गरेका छन् । आयोजनाले गरीवको जिविकोपार्जन तथा भौतिक संरचना निर्माणमा खर्च गर्नुपर्ने रकम अनावश्यक रुपमा भ्रमण खर्च गरेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जनक केसीले बताए । यो आयोजनाको बदमासी हो । कमीकमजोरी लुकाउन, सबैलाई खुशी पार्न मात्र भ्रमण गराएको पाईयो । यसको कुनै पनि उपलब्धि छैन, उनले भने । आयोजनाको नम्समा विदेश भ्रमण गर्ने छैन होला, उनले भने । अन्य जिल्लाका आयोजनाको अवलोकन गराउने निहुमा नैनीताल सम्मको सयर गराएको उनले बताए । भ्रमणमा विजीग्रुपका सदस्य, निर्माण ब्यबशायी, लाभान्वित समुह लगाएतको सहभागिता नहुनेले पनि प्रष्ट हुन्छ । सदरमुकाममा बस्ने, जिविस वरिपरि घुम्ने र पहुचवालालाई खुशी पार्न नै भ्रमण गराएर लाखौं खर्च भएको छ, यो भष्ट्राचार नै हो, उनले भने । जस्लाई आयोजनाले निर्माण गरेका भौतिक संरचना बारे जानकारी नै छैन, उनीहरुले नै भ्रमणमा लगिएको छ उनले भने  । 
 
आयोजनाले निर्माण गरेका संरचना लथालिङ्ग अवस्थामा छन् । कार्यक्षेत्रमा गुणस्तरहीन कार्य भएको छ । निर्माण सुस्त गतिमा छ । कसैलाई चासो छैन ।, उनले भने । भ्रमणमा लाखौं खर्च गर्नु भन्दा दुर्गम गाउमा खानेपानी, कुलो बनाएको भए हुन्थ्यो, उनले  भने । गरीव तथा विपन्न बर्गको जीवनस्तर सुधार गर्ने र पुर्वाधारको निर्माण गर्ने उदेश्यले जिल्लामा भित्रीएको बजेटमा भ्रमण खर्च गर्नु गैरजिम्मेवारी भएको अध्यक्ष के.सीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ