arrow

पत्रकारबाट पार्टी नेता बन्न लागेका कबिर राणा भन्छन् 'अबको ध्यान राजनीतितिर'

जिल्ला सभापतिमा उमेद्वारी दिने तयारीमा छु

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
kabir-rana.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेस भक्तपुरका नेता तथा बरिष्ठ पत्रकार कबिर राणाले प्राथमिकता परिवर्तन गरेर आफू राजनीतितिर लागेको बताएका छन्। हाम्राकुरा डटकमसँग कुरा गर्दै बरिष्ठ पत्रकार राणाले अहिलेसम्म पत्रकारीता र राजनीतिलाई सँगसँगै लगेपनि अबका दिनमा पूर्णकालिन राजनीतिमा जान चाहेको बताए। उनले भने ' अब पत्रकारीता आंशिक र पार्टीको काम मुख्य हुन्छ।'
 
देशान्तर साप्ताहिकका प्रकाशक तथा सम्पादक समेत रहेका राणाले पत्रकारीताबाट विश्राम लिएर पुरै राजनीतिमा होमिन लागेको बताए। काँग्रेसको स्थानिय समिति र केन्द्रीय प्रचार समितिका कतिपय सेरेमोनियल पदमा धेरै काम गरेको उल्लेख गर्दै राणाले भने 'अब भने कार्यकारी पदमा रहेर काम गर्नका लागि पत्रकारीताबाट विश्राम लिदैछु। ' 
 
भक्तपुर काँग्रेसमा सभापतिका लागि चर्चामा रहेका राणाले भने 'हो मैले सभापतिमा दावी गरेको छु। भक्तपुरमा काँग्रेस सभापतिको सबैभन्दा वलियो उमेद्वार पनि मै हो। '
 
तर सभापति बन्नलाई महाधिवेशन प्रतिनिधी अनिवार्य शर्त भएको जनाउँदै राणाले भने 'सभापति उमेद्वारीलाई बलियो बनाउन पनि अहिले ध्यान इकाइ अधिवेशन र क्षेत्रीय अधिवेशनमा गएको छ। '
 
पार्टीमा गरेको ३ दशक भन्दा लामो लगानीका कारण पनि पार्टी सभापति दावी गरेको जनाउँदै राणाले भने भक्तपुरको माहौल काँग्रेसमय बनेको छ। माहौल तात्दै जाँदा आफ्नो पक्षमा थप माहौल आउने उनले दावी गरे। 
 
राणाको अन्तर्वार्ताका लागि यहाँ हेर्नुहोलाः 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ