- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय बुधबारदेखि बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुनेभएकोमा अधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए ।
सार्वजनिक विद्यालय पुस १९ गतेदेखि माघ १ गतेसम्मका लागि बन्द गरिएको बताइएको छ ।