arrow

नारा विनाको काँग्रेस अधिवेशन, किन बनेन अझै महाधिवेशनको नारा ?

निति भन्दा नेता मुखी भयो भन्ने आरोपको पुष्टी

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
13th-congress.png.png.png.png
काठमाडौं ।  नेपाली काँग्रेसको स्थानीय अधिवेशनहरु सुरु हुनै लाग्दा पनि महाधिवेशनको नारा तय नहुदा नारा विनानै अधिवेशनहरु हुने संभावना देखिएको छ । 
 
निति तथा कार्यक्रम प्रस्ताव समितिले महाधिवेशनको नारा तय गर्नु पर्नेमा अहिले सम्म हुन नसकेकाले मुल नारा विना नै अधिवेशनहरु हुने संभावना देखिएको हो । 
 
गएको मंसिरको पहिलो हप्ता बसेको समितिको बैठकले सामाजिक संजालहरुबाट पनि पार्टीको महाधिवेशनको नारा तय गर्ने निर्णय गरेअनुसार नाराका बारेमा धेरै सुझावहरु आएपनि अहिले सम्म नाराको बारेमा केही तय हुन सकेको छैन । 
 
समितिले नाराका बारेमा चाडै नै निर्णय गर्ने समितिका सदस्य गुरुराज घिमिरेले बताए । उनले नारा तय गर्ने जिम्मा प्रचार समितिको पनि भएकाले त्यही समितिले नै गर्दा पनि हुने प्रतिक्रिया दिए । “समितिका संयोजक तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले केही विज्ञहरुलाई नारा तय गर्न अनौपचारिक रुपमा जिम्मा दिनु भएको तर उनीहरुले अहिले सम्म नदिएकाले निर्णय हुन नसकेको हो” उनले भने ।  
 
समितिका अर्का सदस्य धनराज गुरुङले पनि समितिको सवै काम विज्ञहरुको टोलीले गरिरहेको जानकारी दिए । उनले टोलीले गरेको सिफारिसलाई केहीदिनमा समितिको बैठकले अन्तीम रुप दिनेपनि बताए । नेताहरु सवै स्थानीयस्तरका अधिवेशनहरुका लागि जिल्ला जिल्लामा रहेकाले समितिको काम हुन नसकेको गुरुङको भनाई छ । 
 
समितिले नारा तय नगर्दा स्थानीयस्तरका अधिवेशनहरु नारा विना नै हुने संभावना एकातिर छ भने महाधिवेशनको प्रचार प्रसारका लागि गर्नु पर्ने कतिपय कामहरु पनि रोकिएको छ  ।
 
महाधिवेशनका लागि चाहिने पर्चा, पम्प्लेट, व्यानर लगायतका सामग्रीहरुमा नारा अनिवार्य उल्लेख गर्नु पर्ने भएपनि नारा नभएकाले तिनिहरु तयार पार्ने काम हुन नसकेको प्रचार समितिले जनाएको छ । समितिका संयोजक डा. मिनेन्द्र रिजालले केहीदिनअघि पत्रकारहरुसंगको छलफलमा नारा तय नभएकाले पर्चा, पम्प्लेट छाप्ने काम सुरु गर्न नपाइएको बताएका थिए । 
 
“गाँउ तथा नगर, क्षेत्र र जिल्लास्तरका अधिवेशनहरुमा पनि चहलपहल देखाउन केन्द्रीयस्तरबाटै प्रचार सामग्रीहरु पठाउनु पर्ने थियो, तर नारा तय नभएकाले अन्यौलता भएको छ,” उनले भने । 
 
काँग्रेले अधिवेशनको प्रचार प्रसारका लागि सकेसम्म भित्तेलेखन नगर्ने मनस्थीति बनाएको छ। “भित्तेलेखनले शहरलाई नै नराम्रो बनाउछ, यो सभ्या काम पनि होईन, त्यसैले अन्य उपायहरु अप्नाउने तयारी गरिरहेका छौ,” डा रिजालले भने “त्यसको सट्टामा होडिङ बोर्ड, व्यानर, स्वागत गेट, पम्प्लेट, पर्चा लगायतका सामग्रीहरुलाई उपयोग गर्नु राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ । ”
 
नेता रिजालले भनेअनुसारका कामका लागि पनि पार्टीको महाधिवेशनको नारा अन्त्यावश्यक मानिन्छ । नारालाई महाधिवेशनको मर्मको रुपमा लिईन्छ । तर काँग्रेसले अहिले सम्म पनि महाधिवेशनको मर्म तय गर्न नसक्दा महाधिवेशन निति भन्दा नेता मुखी भयो भन्नेहरुको आरोप पुष्टी भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ