भर्जिन लोकेसनमा अनमोल केसीको यस्तो रोमान्स(भिडियो)
अनमोल र साम्राज्ञीको रोमान्सलाई छाँयाकार पुरुषोत्तम प्रधानले उत्कृष्ठ किमिसले क्यामरामा कैद गरेका छन् ।
प्रकाशित २०७२ माघ १३ बुधबार
1.5k
Shares
काठमाडौं । नेपाली फिल्मका सदाबहार नायक भुवन केसीको डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’को पहिलो गीत ‘म के भनुँ’ सार्वजनिक भएको छ । मुस्ताङको भर्जिन लोकेसनमा खिचिएको यो गीतमा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले रोमान्स गरेका छन् ।
अनमोल र साम्राज्ञीको रोमान्सलाई छाँयाकार पुरुषोत्तम प्रधानले उत्कृष्ठ किमिसले क्यामरामा कैद गरेका छन् । हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको गीतमा हर्कुलसलाई सोमिया बराइलीले साथ दिएकी छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
फिल्म भुवन केसी, डा. कपिल रिजाल, भानु फुँयाल र सत्यनारायण केयलले संयुक्त रुपमा निर्माण गरेका हुन् भने राजा प्रधान र कृष्ण पाण्डेले निर्माणमा साथ दिएका छन् । काजल फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा निर्देशक दिवाकार भट्टराईले भुवनलाई निर्देशनमा सघाएका छन् ।