arrow

सभापतिका लागि उम्मेदवारी दिन खुट्टा कमाउने छैन– उपसभापति पौडेल

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
ramchandra-poudel.jpg.jpeg
दमौली। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिन यसपालि आफूले कुनै पनि हालतमा खुट्टा नकमाउने बताउनुभएको छ । 
 
रिपोटर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेकाँ उपसभापति पौडेलले यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि आफूलाई पार्टी सभापति हुनबाट रोक्न नसक्ने दाबीसमेत गर्नुभयो । 
 
पार्टीभित्रका समकालीन नेताहरुले समेत सभापतिमा आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै नेता पौडेलले आफूभन्दा अटल र लक्ष्यमा अडिग हुने अन्य नेता काँग्रेसमा नभएको दाबीसमेत गर्नुभयो । ‘‘काँग्रेसभित्र देखिएको स्थायी गुटको अन्त्य गर्न पनि पार्टीभित्रको नेतृत्व मैले लिन आवश्यक छ’’ उहाँले भन्नुभयो । अबको महाधिवेशनमा सङ्घीय संरचनाअन्तर्गत पद सिर्जना गरिने उपसभापति पौडेलले जानकारी दिनुभयो । 
 
संविधान बनाउँदा पनि काँग्रेसकै नेतृत्वमा बनेको र यसको कार्यान्वयन प्रक्रिया पनि काँग्रेसले नै अगाडि बढाउने धारणा उहाँले राख्नुभयो । मधेसी मोर्चाका अधिकांश माग समेटिएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताउँदै नेता पौडेलले भारतीय नाकाबन्दीसमेत छिट्टै खुल्नेछ भन्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ