arrow

महासचिव मुनले गरे संविधान संशोधनको स्वागत

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
banki-moon.jpg.jpeg
एजेन्सी।नेपालको संविधानमा भएको संशोधनलाई संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले स्वागत गरेका छन्। 'अहिले भैरहेको सकरात्मक बिकासक्रमले नेपालका नाकाहरु सहज हुने छन् र पुननिर्माण लगायत अरु काममा सहजता पुग्ने छ' -संयुक्त राष्ट्र संघका प्रवक्ताले भनेका छन्। 
 
भारतले लगाईरहेको नाकाबन्दी अझै पुर्ण रुपमा खुलेका छैनन्। नेपालको आर्थिक मेरुदण्ड बिरगञ्ज नाका आंशिक रुपमा मात्र खुलेका छन्। नेपालले आफ्नो संविधान जारी गरेपछि भारतले मधैशी मोर्चाको आन्दोलनमा एक्य बद्दता जनाउँदै नाकाबन्दी लगाउँदै आएको छ। नाकाबन्दी पाँचौ महिनामा प्रवेश गरेको छ। 
 
महासचिव मुनले सबै पक्ष लचिलो हुन आग्रह गर्दै वार्ताबाट सहमति खोज्न आग्रह गरेका छन्। 



नयाँ