arrow

डाक्टरको गीतमा पुष्पको सकिएको जीवन (भिडियो)

गायक झाले नै गीतको शब्द तथा संगीत तयार पारेका हुन् ।

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Pushpa.jpg.jpeg
काठमाडौं । वरिष्ठ फिजिसियन तथा गायक डा.रणजित कुमार झाले आफ्नो नयाँ गीत ‘सरी माइ बाबा...’ को म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट प्रिमियर गरेका छन् । गायक झाको तेस्रो एकल एल्बम ‘जीवनपथ’ मा समावेश गरिएको यो गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । 

भिडियोमा नायिका शिल्पा पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । गायक झाले नै गीतको शब्द तथा संगीत तयार पारेका हुन् । महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोको छायांकार हरि हुमागाईं हुन् भने निशान घिमिरेले यो भिडियो सम्पादन गरेका हुन् ।

भिडियोमा नायिका शिल्पा पोखरेलले दोहोरो भूमिका निर्वाह गरेकी छिन् । एउटा भूमिकामा शिल्पा अभिनेता पुष्प खड्काको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् अर्कोमा उनले पुष्पको आमाको भूमिका निर्वाह गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ