arrow

प्रहरी बनिन् नीता ढुंगाना(ट्रेलर)

फागुन २१ बाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मसँग भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’ पनि रिलिज हुँदैछ ।

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Neeta.jpg.jpeg
काठमाडौं । निर्देशक दिनेश डिसीले निर्देशन गरेको पछिल्लो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को ट्रेलर सार्वजनिक भएको छ । नीता ढुंगाना र आमेश भण्डारी स्टारर फिल्मको ट्रेलरमा प्रेम र द्वन्द्वले प्राथमिकता पाएको छ । फिल्ममा नीताले प्रहरीको भूमिकामा अभिनय गरेको ट्रेलरबाट खुलेको छ ।

प्रदर्शनको तयारीमा रहेका फिल्महरुमा यो फिल्म पनि प्रतिक्षित फिल्मको सूचीमा छ । फागुन २१ बाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मसँग भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’ पनि रिलिज हुँदैछ । यो दुई फिल्मको भीडन्तको खबर फिल्म क्षेत्रमा अहिले चर्चाको विषय बन्दै आएको छ ।

अमिर अलिले निर्माण गरेको फिल्ममा विजय लामा, हिउँवाला गौतम, गीता अधिकारी, गुरु केदार बराल र माधव खरेलको अभिनय छ । निर्देशक दिनेशकै कथा रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारीको संगीत, राजेशपायल राई, बिनिका प्रधान, राज सिग्देल र दीपा लामाको स्वर, एनबी महर्जनको द्वन्द्व, प्रितम पाण्डेको सम्पादन र मनकृष्ण महर्जनको छायांकन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ