arrow

स्याङ्जा काँग्रेसमा को को भिड्दैछन ?

गुट—उपगुट भन्दा सक्षम नेतृत्व खोज्दै कार्यकर्ता

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७२ माघ १३ बुधबार
13th-congress.png.png.png.png
स्याङ्जा। नेपालको पुरानो र ठुलो दल नेपाली काँग्रेसको १३ औं महाधिवेसन नजिकिदै गर्दा जिल्ला तहमा राजनीतिक सरगर्मी बढेको छ। स्याङ्जाका क्षेत्रिय सदरमुकाम र नगरपालिकामा भन्दा गाँउ र वडाहरुमा निर्वाचनको चहलपहल बढ्न थालेको छ। १२ औं महाधिवेसनमा भन्दा १३ औं महाधिवेसनमा स्याङ्जामा काँग्रेसको चुनावी रौनकतामा कमी छ। पार्टीमा देखिएको दुईधारले पनि को को उमेदवार बन्ने भन्ने बिषयमा खुलासा नभएका कारण पनि काँग्रेसको चुनावी रौनकता नआएको काँग्रेसका शुभचिन्तकहरुको भनाई छ। नेपाली काँग्रेसको उर्भरभुमिका रुपमा चिनिदै आएको स्याङ्जामा काँग्रेसको चुनावी रौनकता नदेखिदा कार्यकर्तामा समेत उत्साह देखिएको छैन। 
 
काँग्रेसका संस्थापक नेता विपी कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसम्मले राणा र पञ्चायत विरुद्धको आन्दोलनमा स्याङजामा निकै सक्रियता देखाउनुभएको थियो। काँग्रेसका संस्थापक नेताहरुबाटै परिचित हुदै आएको स्याङ्जामा काँग्रेसको चुनावी चहलपहल नदेखिनुले काँग्रेसमा कोठे राजनीति शुरु भएको होकी भन्ने विश्लेषकहरुको भनाई छ। गाँउ, वडा र नगरको निर्वाचन भएकाले पनि गाँउमै चहलपहल बढेको तर्क गरेर माहौल नबनेको भन्न नमिल्नेहरु पनि छन्। जिल्ला सभापतिदेखि महासमिति सदस्य, केन्द्रिय प्रतिनिधि, क्षेत्रिय सभापति र नगर सभापतिमा को को उमेदवारी दिदै छन् भन्ने बिषय अहिलेसम्म राम्रोसँग खुल्न सकेको छैन। 
 
केन्द्रदेखि गाँउ तहसम्म संस्थापन पक्ष र देउवा पक्षको घार स्पष्ट खुलेका कारण उमेदवारी नखुलेको हुन सक्ने तर्क गरिएको छ भने अर्कोतिर गाँउ, वडा र नगर अधिवेसन पछि मात्रै सबै पदहरुमा उमेदवारी खुल्न सक्ने बताइएको छ। तीन निर्वाच क्षेत्र र चार नगरपालिका रहेको स्याङ्जामा जिल्ला सभापतिदेखि महासमिति सदस्य, केन्द्रिय प्रतिनिधि र क्षेत्रिय सभापतिमा ठुलो भिडन्त हुन सक्ने आंकलन गरिएको छ। तीन निर्वाचन क्षेत्र मध्ये स्याङ्जा क्षेत्र नं. ३ मा क्षेत्रिय सभापतिमा ठुलो भिडन्त हुने अनुमान गरिएको छ भने क्षेत्र नं. २ र १ मा भने खासै उमेदवारी घोषणा नगरेका कारण के हुन्छ भन्ने अनुमान गर्न सकिएको छैन। 
 तीन निर्वाचन क्षेत्र मध्ये स्याङ्जा क्षेत्र नं. ३ मा क्षेत्रिय सभापतिमा ठुलो भिडन्त हुने अनुमान गरिएको छ भने क्षेत्र नं. २ र १ मा भने खासै उमेदवारी घोषणा नगरेका कारण के हुन्छ भन्ने अनुमान गर्न सकिएको छैन। 
स्याङ्जा क्षेत्र नं. १ मा क्षेत्रिय सभापतिका लागि हाल बहाल रहेका सभापति तुलसी रेग्मी र दिर्घनारायण मरासीनी विच प्रतिशपर्धा हुने बताइएको छ भने महाधिवेसन प्रतिनिधिहरुमा शिवकुमार अधिकारी, राजु थापा, महोनीप्रसाद पौडेल, प्रेमराज पौडेल, बुद्धिमान शाही, गोविन्द रानाभाट, मिनप्रसाद पौडेल, टिकाराम ढकाल, दिपक लम्साल, तुलसी गिरी, कृष्णप्रसाद अर्याल, गोपाल ढकाल, हरीकिशोर वाग्ले, सोमनाथ लम्साल लगायतले खुलाबाट उमेदवारी दिने चर्चा छ। महिलाबाट देवी अर्याल, हिरादेवी शर्मा, लेखमाया पौडेल, रमणी गुरुङ, अम्विका पौडेल, मखमली श्रेष्ठ तथा जनजाती र अपाङ्, अल्पसंख्यकबाट नेमेन्द्र राना, देवेन्द्र गुरुङको नाम चर्चामा छ भने मुन्ना सेख र युवराज पराजुलीको नाम चर्चामा रहेको छ।
 
स्याङ्जा क्षेत्र नं. १ मा क्षेत्रिय सभापतिका लागि हाल बहाल रहेका सभापति तुलसी रेग्मी र दिर्घनारायण मरासीनी विच प्रतिशपर्धा हुने बताइएको छ ।
यसै विच क्षेत्र नं. २ मा क्षेत्रिय सभापतिमा वहाल रहेका सभापति केदार काफ्ले पुन सभापतिमा लड्ने प्रचारप्रसार गरेका छन्। काफ्ले विकासप्रेमीका रुपमा चिनिदै आएका व्यक्ति हुन। सबै कार्यकर्ताको भावन बुझ्ने व्यक्तिका रुपमा परिचित काफ्लेसगँ तरुणदल स्याङ्जाका पुर्व अध्यक्ष र काँग्रेसका जिल्ला सदस्य अर्जुनप्रकाश अर्याल र पुर्व क्षेत्रीय सभापति लोकनाथ अर्याल विच निर्वाचन हुने बताइएको छ। काफ्ले र अर्याल वालिङ नगरपालिका वडा नं. ८ का उमेदवार हुन्। एउटै वडाका व्यक्तिहरु विच क्षेत्रिय सभापतिमा उमेदवारी नभई सहमतिका आधारमा हुन सक्ने अनुमान पनि गरिएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. २ काँग्रेसको उर्भरभुमिका रुपमा बढी चिनिदै आएको छ। जिल्लामा प्राय पार्टीको सभापति पनि क्षेत्र नं. २ बाट नै बढी भएकाले पनि यो क्षेत्र नेतृत्व तयार गर्ने क्षेत्रका रुपमा बढी परिचित मानिन्छ। क्षेत्र नं. २ बाट महाधिवेसन प्रतिनिधि खुलामा खगेन्द्रराज रेग्मी, भोजराज अर्याल, कमलप्रसाद पंगेनी, सुर्यप्रसाद रेग्मी, खुमाप्रसाद अर्याल, कमलबहादुर खड्का, छायाराम खनाल, जिवलाल काफ्ले, मुक्ति सुवेदी, खेमराज रेग्मी, डोलबहादुर खड्का, बिष्णु पौडेल, मेघबहादुर खड्का लगायतका नाम चर्चामा रहेका छन् । महिलाबाट कल्पना तिवारी, सरस्वती तिवारी, कविता गैह्रे, युगमाया पंगेनी, सिमा कर्माचार्य, टेककुमारी केसी, सिता गैह्रे, नन्दकली पौडेल, लक्ष्मी केसी लगायतविच प्रतिपर्धा हुने बताइएको छ। जनजातीबाट इन्द्रबहादुर गुरुङ्, कमलप्रसाद गुरुङ, कुम्मरमज गुरुङ, विद्या श्रेष्ठ, मेखलाल श्रेष्ठको नाम चर्चामा छ भने अपाङ् अल्पसंख्यकबाट नसिवदिन मियाको मात्रै नाम चर्चामा रहेको छ। दलितबाट लिलबहादुर रनपाल, डम्वरबहादुर वि.क र खगेन्द्र वि.कको नाम चर्चामा रहेको छ। 
क्षेत्र नं. २ मा क्षेत्रिय सभापतिमा वहाल रहेका सभापति केदार काफ्लेसँग तरुणदल स्याङ्जाका पुर्व अध्यक्ष र काँग्रेसका जिल्ला सदस्य अर्जुनप्रकाश अर्याल र पुर्व क्षेत्रीय सभापति लोकनाथ अर्याल विच निर्वाचन हुने बताइएको छ। 
 
अर्को तर्फ स्याङ्जा क्षेत्र नं. ३ मा भने क्षेत्रीय सभापतिमा बहाल रहेका सभापति देवबहादुर खाँणले पुन उमेदवारी दिने घोषणा गरेका छन्। त्यसैगरी ध्रुवशर्मा पंगेनी, गुरुप्रसाद भट्टराई, श्यामप्रसाद बस्याल र यामप्रसाद पाण्डेले पनि उमेदवारी घोषणा गरेका छन्। महाधिवेसन प्रतिनिधिहरुमा मोहनप्रसाद पाण्डे, शंकर पाण्डे, शिव गिरी, गजिन्द्रप्रकाश मल्ल, लालगोपाल अर्याल, लक्ष्मीकान्त रेग्मी, युवराज पाण्डे, श्याम भण्डारी, मधुसुदन गैह्रे, शालिग्राम बस्याल, बाबुराम पोखरेलले उमेदवारी घोषणा गरेको बताइएको छ। यसै गरी महिलाबाट भुमा पाण्डे, खगिसरा भण्डारी, हरीकला पाठक, हेमा न्यौपाने, गायत्री आचार्य लगायतले उमेदवारी दिने बताइएको छ। जनजातीबाट निमेन्द्रदेव थापा, शेरबहादुर थापा, दलितबाट मानबहादुर एसके र अल्पसंख्यकबाट रहिमदिन मियाको नाम चर्चामा रहेको छ। 
स्याङ्जा क्षेत्र नं. ३ मा भने क्षेत्रीय सभापतिमा बहाल रहेका सभापति देवबहादुर खाँणले पुन उमेदवारी दिने घोषणा गरेका छन्। त्यसैगरी ध्रुवशर्मा पंगेनी, गुरुप्रसाद भट्टराई, श्यामप्रसाद बस्याल र यामप्रसाद पाण्डेले पनि उमेदवारी घोषणा गरेका छन्। 
क्षेत्रिय प्रतिनिधिको निर्वाचन भएपछि अझै उमेदवारीको संख्या बढ्ने अनुमान गरिएको छ। महाधिवेसन प्रतिनिधिको निर्वाचनमा खासै धार नदेखिएपनि क्षेत्रिय सभापति र नगर सभापतिमा भने केही धार देखिने संकेत देखा परेको छ। चार नगरपालिकाहरुमा पनि उमेदवारी दिने चर्चा उत्तिकै रहेको छ। पुतलीबजार नगरपालिकामा बेदप्रसाद दोरङ्गा र सुरज अधिकारी विच निर्वाचन हुने अनुमान गरिएको छ। दोरङ्गा बहालवाला नगर सभापति पनि हुन्। भिरकोट नगरपालिकामा गोविन्द कर्माचार्य र तोयनाथ अर्याल विच प्रतिस्पर्धा हुने देखिएको छ। कर्माचाय र अर्याल विच सहमति बनाउने प्रयास भइरहेको खवर प्राप्त भएको छ। यता वालिङ नगरपालिकामा दिलिपप्रताप खाँण, नेत्रप्रसाद पाण्डे र गोविन्द पंगेनीले उमेदवारी घोषणा गरेका छन्। पाण्डेले असारबाट नै नगर सभापतिमा आफ्नो उमेदवारी घोषणा गरेका थिए। सर्वसहमतिबाट हुन पाए खाँणले फेरी नगर सभापति हुने आकांक्षा राखेको काँग्रेस श्रोतले जनाएको छ। यता चापकोट नगरपालिकामा सर्वसहमतबाट रामचन्द्र पंगेनी हुन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म पंगेनी बाहेक अन्यले उमेदवारी घोषणा नगरेकाले सर्वसहमतबाट हुने पक्कापक्की देखिएको बताइएको छ। 
 काँग्रेसको जिल्ला सचिवमा कुमार राना, भरत लम्साल, भुवनबहादुर पौडेलको नाम चर्चामा रहेको छ भने कोषाध्यक्षमा प्रेमराज पौडेल, पिताम्वर श्रेष्ठ र महेन्द्र श्रेष्ठको नाम चर्चामा छ। 
यसैगरी काँग्रेसको जिल्ला सचिवमा कुमार राना, भरत लम्साल, भुवनबहादुर पौडेलको नाम चर्चामा रहेको छ भने कोषाध्यक्षमा प्रेमराज पौडेल, पिताम्वर श्रेष्ठ र महेन्द्र श्रेष्ठको नाम चर्चामा छ। संस्थापन पक्ष र देउवा पक्ष विचको प्यानलनै बनाएर चुनावी मैदानमा उत्रने देखिएको छ। गाँउ, वडा र नगरको निर्वाचन सम्पन्न भएपछि मात्रै संस्थापन र देउवा विचको प्रतिसपर्धामा कुन बलियो हुने भन्ने आँकलन गर्न सकिने विश्लेषकहरु बताउँछन्। जिल्लामा बलियो अवस्थामा रहेको संस्थापन पक्ष विच आ—आफ्नै मतमतान्तरले कमजोर देखिएको छ भने देउवा पक्ष कोठे राजनीतिले व्यवस्थित रहेको देखिन्छ। जिल्लाको पाटी सभापतिमा भने अझै खुलेर उमेदवारी घोषणा भएको छैन। पाटी सभापतिमा खगेन्द्रराज रेग्मी, भोजराज अर्याल, कमलप्रसाद पंगेनी, शिकुमार गिरी, शिवकुमार अधिकारीको आकांक्षा रहेको बताइएको छ। उल्लेखित नामहरु मध्ये पंगेनी देउवा पक्षका मानिन्छन भने अन्य संस्थापनका मानिदै आएका छन्। गुट उपगुट भन्दा पनि सक्षम नेतृत्व आउनु पर्ने स्याङ्जा काँग्रेसका कार्यकर्ताहरुको भनाई रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ