arrow

यु-१९ विश्वकप क्रिकेट: बंगलादेश र ईङल्याण्ड बिजयी

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Cricket_U_19_logo.jpg.jpeg
काठमाडौं। आईसीसी यु-१९  विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेशमा शुरु भएको छ। ४ समुहमा बिभाजित २० टोलीमा नेपाल समुह 'डी'मा रहेको छ। समुह डीमा नेपाल लगायत भारत, न्युजिल्याण्ड र आयरल्याण्ड रहेका छन्। त्यसैगरि समुह 'ए'मा दक्षिण अफ्रिका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया रहेका छन् भने समुह 'बी'मा पाकिस्तान, श्रिलंका, अफगानिस्तान र क्यानाडा रहेका छन्। ईङल्याण्, वेष्ट ईण्डिज, जिम्बाब्वे र फिजी भने समुह 'सी'मा रहेका छन्। 
 
बंगलादेश- दक्षिण अफ्रिका
 
विश्वकपको पहिलो खेल आयोजक बंगलादेश र दक्षिण अफ्रिका बिच भएको थियो। आयोजक बंगलादेशले अफ्रिकालाई ४३ रनले पराजित गरेको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४० रनको योगफल बनाएको थियो। नजमुल होशेन सान्तोले बंगलादेशकालागि सार्वधिक ७३ रन बनाएका थिए। अफ्रिकाका वियान मल्डरले ३ विकेट लिएका थिए। 
जवाफमा ब्याटिङ गर्न ओर्लेको अफ्रिका ४८. ४ ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो। उसकालागि प्रारम्भिक ब्याट्सम्यान लियाम स्मिथले शतक (१००) बनाएका थिए। बंगलादेशकालागि मेहेदी हसन मिराज र महम्मद सैफउद्दिनले क्रमश: ३-३ विेट लिएका थिए। 
 
ईङल्याण्ड- फिजी
त्यसैगरि समुह 'सी' अन्तर्गत ईङल्याण्ड र फीजि बिचको खेलमा ईङल्याण्ड २९९ रनले बिजयी भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको ईङल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३७१ रनको योगफल तयार पारेको थियो। उसकालागि डान लरेन्सले १७४ रन बनाएका थिए भने ज्याक बर्नह्यामले १४८ रनको योगदान गरेका थिए। जवाफमा ब्याटिङ गर्न ओर्लेको फिजी२७.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो।
 
फिजीलाई सस्तोमा समेट्ने क्रममा ईङल्याण्डका साकिब महमुद र साम कुरानले ३-३ विकेट हात पारेका थिए। फिजीका पेनी वुनीवाकाले सार्वाधिक ३६ रनको योगदान गरेका थिए। खेलको प्लेयर अप द म्याच डान लरेन्स घोषित भए। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ