arrow

शिक्षाविद् डा पोखरेलको निधन

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
baburam1.jpg

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आइतवार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आइतवार बिहान ६:०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७:१५ बजे नर्भिक अस्पताल पुर्‍याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् हुनुहुन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ