arrow

सुदूर पश्चिम विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह गर्ने

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष २३ आइतबार
sudur.jpg

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले पुस अन्तिम साता पहिलो दीक्षान्त समारोह गर्ने भएको छ ।स्नातक र स्नाकोत्तर तह उत्र्तीण विद्यार्थीलाई विशेष समारोहका विच दीक्षान्त घोषणा गर्नका लागि पुस २९ गते दिक्षान्त समारोह गर्ने भएको हो । सुदूरपश्चिम विद्यालय विद्यालयले दिक्षान्तको तयारी तिव्र भईरहेको जनाएको छ ।
 
सुप विश्वविद्यालयका रजिष्ट्रार डा. द्विजराज भट्टले विश्वविद्यालयले  भदौँ ३१ गते भित्र स्तातक र स्नाकोत्तर उत्र्तीण गरेर फारम भरेका विद्यार्थीलाई दीक्षान्त गरिने बताए । रजिष्ट्रार भट्टका अनुसार २८२ जना विद्यार्थी दिक्षित हुने लागेका छन् । जसमध्ये १२० विद्यार्थी प्रत्यक्ष सहभागि हुनेछन् ।

स्नातक र स्नाकोत्तर सर्वोत्कृष्ठ छात्र छात्रा सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने चार जना विद्यार्थीलाई चान्सलर पदक प्रदान गरिने छ । यस्तै नेत्र चिकित्सक डा.राम प्रशाद पोखरेललाई मानार्थ विद्यावारिधी प्रदान गरिने छ । नेत्र चिकित्सव पोखरेलले देशभरी १८ आँखा अस्पताल संचालन गरेका छन् ।

 सुप विश्वविद्यालयका उपकुलपति डा. भूषण श्रेष्ठले विश्वविद्यालयका लागि ऐतिहासिक दिक्षान्त समारोह हुन लागेको बताए । दीक्षान्त समारोहमा सुप विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा सहभागि हुने भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ