arrow

म कुनै शक्तिको दस्तावेज लेखनमा सामेल छैन : लिलामणी पौड्याल

‘मुमाराम जी संलग्न हुनु भा हो’

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
lilamani-paudyal.jpg.jpeg
काठमाडौं । पूर्व मुख्य सचिव तथा बाग्मती सरसफाइ अभियन्ता लिलामणी पौड्यालले आफु कुनै शक्तिको दस्तावेज लेखनमा सामेल नरहेको बताएका छन् । पौड्यालले हाम्राकुरासंग नयाँ शक्तिको बहस गर्नेहरुसंग परामर्श र सुझाव आदान प्रदान हुने गरेको बताए । रविन्द्र मिश्रसंग छलफल भेटघाट हुन्छ, पौड्यालले भने, ‘सल्लाह माग्ने जो कोहीलाई म सल्लाह दिन्छु ।’ 
 
मेरा व्यक्तिगत कुरा सबै तपाईलाई कसरी भनौं । म के गर्छु ? केस्लाई भेट्छु, यी सबै कुरा भन्न मिल्दैन नी ? पौड्यालले भने,‘दस्तावेज लेखनमा म सामेल छैन, मुमाराम जी संलग्न हुनु भा हो, उहाँ संलग्न रहेको सुचनासम्म मैले पाएको थिँए ।’ मंगलबार साँझ मुमारामले हाम्राकुरासंगको टेलिफोन सम्वादमा आफु एक्लैले दस्तावेज बनाउन नसक्ने र दस्तावेज बनाउन सिंगो टिम चाहिने भन्दै नयाँ भिजनको आधारभूत कुरामा छलफल भएको स्वीकारेका थिए । 
 
पौड्यालले भने,‘दस्तावेज लेखनमा म सामेल छैन, मुमाराम जी संलग्न हुनु भा हो, उहाँ संलग्न रहेको सुचनासम्म मैले पाएको थिँए ।’ मंगलबार साँझ मुमारामले हाम्राकुरासंगको टेलिफोन सम्वादमा आफु एक्लैले दस्तावेज बनाउन नसक्ने र दस्तावेज बनाउन सिंगो टिम चाहिने भन्दै नयाँ भिजनको आधारभूत कुरामा छलफल भएको स्वीकारे
अब के गर्नु हुन्छ ? 
अहिले म जे गरिरहेको छु त्यसैलाई निरन्तरता दिन्छु । अहिले सार्वजनिक समारोह, सामाजिक गतिविधिमा संलग्न भइरहेको छु । आफ्नो अनुभव र विचार आदान प्रदान गरिरहेको छु । संचारमाध्यम र सामाजिक संजालमा समेत मेरा विचारहरु सम्प्रेषण भइरहेका छन् । कसैले सल्लाह मागे दिने गरेको छु । निरन्तर सामाजिक रुपान्तरणको अभियानमा छु । 
 
नयाँ शक्तिकै लाइनमा की ?
नयाँ शक्ति भन्नु हुन्छ, कि पुराना शक्ति,, नामाकरण जे गरे पनि हुन्छ । सामाजिक रुपान्तरण र मुलुक समृद्धिको एजेण्डामा गम्भीर र व्यवहारिक हुनु पर्दछ । स्रोत, सामथ्र्यसहितको योजना बन्नु पर्दछ । कार्यान्वयनका चुनौती सामना गर्ने साहस र सामथ्र्य हुनु पर्दछ ।
 
दलीय राजनीतिको विकल्प छ ?
छ । विकल्प खोजिनु पर्दछ भन्नेमै हाम्रो बहस हो । दलहरु पूर्ण असफल भइसकेका छन् । यी दलबाट कुनै पार लाग्दैन । यी दलहरुले पार लगाउन, पहिले आफु शुद्ध हुनुपर्ने आवश्यकता छ । आफैलाई शुद्ध पार्न ठूलो जोखिम मोल्नु पर्नेछ । जुन् जोखिम मोल्ने र चुनौती सामाना गर्ने साहस र सामथ्र्य  कुनै राजनीतिक दलहरुसंग छैन । यी भित्र दृढ शक्ति  र त्याग भएका व्यक्तिको खडेरी छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ