arrow

दैनिक ४० करोड राजश्व उठ्ने वीरगन्जमा धौ–धौ ३० लाख !

चोरबाटोको ओसार–पसार मौलायो

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
raksaul-new.jpg.jpeg
पर्सा । प्रमुख भारतीय नाका वीरगन्ज सहज हुँदै गएपनि राजश्व संकलन बढ्न सकेको छैन । नाकामा अहिले मोटरसाइकल, साइकल, ठेला र टाँगा निर्वाध ओहोर दोहोर गरिरहेका छन् ।   यद्यपि, ठूला मालबहाक गाडी बोर्डरबाट नेपाल प्रवेश गरेका छैनन् । यसअघि सामान्य अवस्थामा हुँदा दैनिक सरदर ३० देखि ४० करोड सम्म राजश्व संकलन हुने वीरगन्ज भन्सारमा अहिले सरदरमा ३० लाख सम्म राजश्व संकलन हुने हुने गरेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकृत सुशील प्रशाद शर्माले जानकारी दिए ।
 
शर्माले भने, ‘यो त पहिलेको तुलनामा केही होइन, कामै भएको छैन भन्न सकिन्छ, सामान्य मोटरसाइकल, टांगा, ठेलामा ल्याएको सामानले कति राजश्व उठ्थ्यो र ? ।’ दिउँसोमा मात्रै भन्सारको काम हुने हो । राती हुने चोरी छली सुरक्षाकर्मीकै जिम्मा हुन्छ । राती चोर बाटो भएर अधिक सामान नेपालतर्फ बोक्नेहरु निकै सक्रिय रहेको स्थानीय पत्रकार कुवेर गौतमले जानकारी दिए । 
 
गौतमका अनुसार राती ओसारेका सामान दिउँसो ट्रक र ठुला गाडीले बोकेका देखिन्छन् । नेपालपट्टी बजारमा ठुला गाडीहरु गुडिसकेका र चहलपहल सुरु भइसकेको गौतमले बताए । मंगलबार मात्रै भारतीय स्वतन्त्रता दिवस रहेकाले दुई घण्टाको लागि बोर्डर बन्द भएको थियो । दुवैतर्फ सुरक्षा व्यवस्था चुस्त छ । मोर्चाका कार्यकर्ता आफ्नै धुनमा छन् ।   
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ