कपिलवस्तु। भुमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठले राप्रपा नेपालले हिन्दु राष्ट र राजतन्त्रको मुद्धा नछाडेको बताए। आवश्यक समय आएपछि यो पुरा हुने समेत उनले बताए। अहिले राप्रपा नेपाल विको भनेर भ्रम फैलाउने काम भएको भन्दै त्यसको खण्डन समेत उनले गरे।
कार्यक्रममा राप्रपा नेपालका अचंल संयोजक प्रकाश चित्राकार कपिलवस्तु अध्यक्ष नारायण बहादुर सिंह रुपन्देही अध्यक्ष बसन्त विक्रम शाही, धर्मध्वज कुवर, भिष्म बन्जाडे, अजय थापा, शसि सापकोटा लगायतले बोलेका थिए। कार्यक्रममा रामु घर्ती, अर्जुन पाण्डेय, ऋषी पाण्डेय लगाएत ३५ जना विभिन्न पार्टी परित्याग राप्रपा नेपालमा प्रवेश गरेको बताइएको छ।
अर्को प्रसङगमा सुकुम्बासिहरुको समस्या तत्काल समाधान हुने उनले बताए। कपिलवस्तुको शिवराज नगरपालिकाको वनकटीमा स्थलगत निरिक्षणको क्रममा उनले यस्तो बताएका हुन्। बास्तविक सुकुम्बासिलाई प्रकृया अनुसार लालपुर्जाको व्यवस्था गरेर सरकार यसको समाधान गर्नेतर्फ लागेको श्रेष्ठले बताए। स्थानीय सुकुम्बासीहरुको समस्याको बारेमा स्थलगत अनुगमन गरि उनले समस्याका आधारमा समाधानको लागि प्रयास जारी रहेको उनको भनाइ थियो।