arrow

महाधिबेसन सफल पार्न संघको आग्रह

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
13th-congress.png.png.png.png
तुलसीपुर। नेपाली काग्रेसको १३ महाधिबेसनका कार्यक्रमहरु सफल पार्न प्रजातान्त्रीक उद्योगी व्यवसायी संघले आग्रह गरेको छ। संघले महाधिवेनलाई सफल पार्न  पुर्ण रुपमा लाग्ने समेत निर्णय गरेको छ। प्रजातन्त्रीक उद्योगी व्यवसायी संघ तुलसीपुरको बुधवार तुलसीपुरमा भएको छलफलले यस्तो निर्णय गरेको हो। 
 
संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा  भएको संघको बैठकले  नेपाली काग्रेसको १३ औ महाधिबेसनका लागि वडा स्तरबाट माघ १५ गते देखि हुने सम्पुर्ण प्रक्रियाहरुमा सक्रिय सहभागिता जनाउने र महाधिवेशनलाई सफल पार्न पुर्ण रुपमा लाग्ने निर्णय गरेको छ। 
 
बैठकले महाधिबेसनलाई सफल पार्न समपुर्ण प्रजातन्त्रप्रती आस्थावन साथीहरुलाई आग्रह समेत गरेको अध्यक्ष खरालले जानकारी दिए। बैठकमा उद्योगी व्यवसायी, नेपाली काग्रेसका क्रियाशिल सदस्य तथा महाधिबेसन प्रतिनिधिहरुको समेत सहभागिता रहेका थियो। बैठकमा सबै लाई मिलेर सर्वसममतीबाट जान समेत आग्रह गर्ने निर्णय समेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ