arrow

मधेस महागठबन्धनको खबरले तर्सिए दाहाल, त्रिपाठीलाई निवासमा बोलाए

महन्थ आउने वित्तिकै सिमाङ्कन टुंगिन्छ

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
tripathi-dahal.jpg.jpeg
काठमाडौं । मधेस महागठबन्धनको हल्ला सुनेपछी एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीसंग छलफल गरेका छन् । दाहालले वुधबार अपरान्ह आफ्नै निवास लाजिम्पाटमा नाकाबन्दी र मधेस आन्दोलनको बिषयमा छलफल गरेका हुन् । 
 
छलफलमा दाहालले तमलोपा अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्किएपछि राजनीतिक समिति बनाएर सिमांकनको विषय टुंगो लगाउने बचन दिएका छन् । दाहालले त्रिपाठीलाई मोर्चाले चाँडोभन्दा चाँडो आन्दोलन टुंग्याएर नाका सहज बनाउन लाग्नुपर्ने आग्रह गरे । दिल्लीमा उपचार गराइरहेका ठाकुरको फिजियोथेरापी चलिरहेको र ५–६ दिनमा काठमाडौं फर्किने बताइएको छ । 
 
मोर्चाका शीर्ष केही नेताहरुले मंगलबार विराटनगरमा गरेको छलफलमा मोर्चाले आन्दोलन सशक्त बनाउन महागठबन्धन बनाउने निष्कर्ष निकालेका थिए । सद्भावना अध्यक्ष राजेन्द्र महतोले महन्थ ठाकुर फर्किएपछि काठमाडौंमा शीर्ष नेताको भेला हुने जानकारी दिँदै अबको गठबन्धनमा थरुहट र जनजातिसमेत सामेल हुने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ