arrow

डा. पुन भन्छन्-चिसोमा भाइरलको संक्रमण द्रुत गतिमा फैलिन्छ, सतर्क हुनुस् (कुराकानीसहित)

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
dr_pun.JPG

शुक्रराज ट्रपिकल अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले चिसोबाट मान्छे कठ्याङग्रिएर तथा चिसोमा फैलने भाइरलबाट जनजीवन बढी प्रभावित हुने बताएका छन‍‍्। कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरु चिसाले कठ्याङ्ग्रीने तथा भाइरल संक्रमणले बढी प्रभावित हुने गरेको डा. पुन बताउँछन् । यस्तो अवस्थामा चिसोबाट बच्ने उपाय खोज्ने बुद्धिमानी हुने सुझाव डा. पुनको छ । डा. पुनसँग हामीले छाेटाे कुराकानी गरेका छाैँ ।

० चिसोमा मान्छे कठ्याङ्ग्रीएर मर्छन वा अन्य संक्रमण हुन्छ ?
– यो दुवै हुनसक्छ । मान्छेले शरीर ढाक्ने लुगा लगाउन पाएको छैन भने अथवा बस्ने स्थान कठिनयुक्त छ उहाँ जाडोले कठ्याइग्रीएर स्वास्थ्यमा असर पर्न सक्छ । यस्तो अवस्थामा संक्रमण फैलिने सम्भावना पनि त्यत्तिकै रहन्छ । यो संक्रमण चाहिँ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई मात्र हुँदैन, आर्थिक रुपले सम्पन्न व्यक्तिलाई पनि संक्रमण हुन्छ । यो चाहिँ नेपालमा मात्र होइन, विदेशमा पनि त्यत्ति संक्रमणले मानिस मर्छन् । जाडो महिनामा कोल्ड डायरिया देखिन्छ, ५ वर्ष मुनिका बालबालिकालाई रोटा भाइरस भन्ने देखिन्छ । यो भाइरसले झाडापखालाले प्रत्येक वर्ष संसारभरि नै धेरै बालबालिकाको ज्यान लिन्छ । वयस्कहरुमा नोरो भाइरस जसलाई विन्टर फक्स भनिन्छ, त्यसले झाडापखाला गराउँछ ।

० आर्थिक अवस्था कमजोर भएका व्यक्ति नै यो संक्रमणले बढी प्रभावित हुन्छन ?
– आर्थिक अवस्था कमजोर भएको व्यक्तिमा संक्रमण हुने बढी सम्भावना रहन्छ । तर, आर्थिक रुपले सम्पन्न व्यक्ति पनि यो संक्रमणबाट प्रभावित हुन्छ नै । रोगले सामान्यतः धनी गरिब भन्दैन । यो हावाको माध्यमबाट सर्छ ।

० चिसोमा सरुवा रोग फैलिन्छ ?
– भाइरलको संक्रमण हुन्छ । चिसोमा भाइरस क्रियाशील हुने भएकाले भाइरलको संक्रमण द्रुत गतिमा सर्ने गर्छ, यसले क्षति पनि छिटो पुर्‍याउँछ ।

० भाइरलको संक्रमण उच्च दरमै हुन्छ ?
– भाइरलको संक्रमण हरेक वर्षजस्तो हुने गर्छ । यो भाइरले फैलिने समय नै हो । गाउँ घर, आर्थिक विपन्नता भएको क्षेत्रमा फैलियो भने यसले अप्ठ्यारो पार्छ । चिकित्सकीय सुविधा र औषधि पाइन्छ भने यो संक्रमणबाट डराउनु पर्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ