arrow

अन्त भ्रष्टाचार घट्यो, नेपालमा बढ्यो

मुल्याङ्कनमा जम्मा २७ अङ्क

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Corupsation-1.jpg.jpeg
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई)ले सन् २०१५ मा अधिकांश मुलुकमा भ्रष्टाचार घटेको भए पनि नेपाललगायत केही मुलुकमा भ्रष्टाचार बढेको जनाएको छ । टिआइले विभिन्न एक सय ६८ मुलुकका सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचारबारेको अवधारणा मापन गरेकामा नेपाल एक सय ३०औँ स्थानमा परेको छ । 
 
कम भ्रष्टाचार भएका देशमा प्रेस स्वतन्त्रता, बजेट पारदर्शीता, शक्तिमा रहेकाको सदाचार, निष्पक्ष न्यायालय तथा भ्रष्टाचार व्याप्त भएका मुलुकमा द्वन्द्व तथा युद्ध, दयनीय शासन प्रणाली, कमजोर सार्वजनिक निकाय र नियन्त्रित प्रेस स्वतन्त्रता जस्ता पक्षलाई आधार मानिएको छ ।  
 
विगत एक वर्षभित्र विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र ग्लोबल इनसाइट समेत गरी पाँच संस्थाले गरेको सर्वेक्षणका आधारमा नेपालले १०० मा २७ अङ्क प्राप्त गरेको छ । नेपालले सन् २०१४ को तुलनामा सन् २०१५ मा दुई अङ्क कम पाएको हो । 
 
राजधानीमा वुधबार भएको पत्रकार सम्मेलनमा टिआई नेपालका अध्यक्ष भरतबहादुर थापाले भ्रष्टाचार राष्ट्र र राष्ट्रिय स्वाधीनतालाई नकारात्मक प्रभाव पार्ने विषय भएकाले यसको न्यूनीकरणका लागि कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका–संसद्को समन्वय र प्रतिवद्धताको खाँचो औँल्याए । संस्थाले सन् १९९५ देखि हरेक वर्ष यस किसिमको प्रतिवेदन सार्वजनिक गर्दै आएको भएपनि नेपाललाई सन् २००४ देखि समावेश गरेको हो । 



नयाँ