खोटाङ। भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले खोटाङको धार्मिकस्थल हलेसीको अतिक्रमित जग्गा तत्काल गुठीकै नाममा दर्ता गर्न जिल्ला मालपोत कार्यालयलाई निर्देशन दिए । मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयका प्रमुखलाई आज दिक्तेलस्थित मालपोत कार्यालयमा भेला गरेर गुठीको जग्गा कसैले पनि अतिक्रमण गरेर आफ्नो बनाउन नपाउने बताए । “धार्मिकस्थल कसैको पेवा हुँदैन ।”
उनले भने, “सबैको धरोहर हलेसीको जग्गा अतिक्रमण भएकाले तत्काल गुठीकै नाममा दर्ता गर्ने काममा लाग्नुस् ।” अतिक्रमण गरेर बनाइएका घरहरूको मुआब्जा दिएर भएपनि गुठीको जग्गा गुठीकै नाममा फिर्ता गर्नमा लागिपर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको हो ।