arrow

सोलुखुम्बुमा बाक्लो हिमपातबाट जनजीवन प्रभावित

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
हिमपात.jpg.jpeg
सोलुखुम्बु । बुधबार बिहानदेखि सिमसिम पानीसँगै परेको हिमपातका कारण सोलुखुम्बुको जनजीवन प्रभावित भएको छ । बुधबार साँझ सदरमुकाम दुधुकण्ड नगरपालिकालगायत माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ ।
 
साेलुखुम्बुकाे माथिल्लाे क्षेत्रमा वर्षा भइरहेको छ । बर्षा र हिमपातसँगै चिसो पनि अत्याधिक बढेको छ । सदरमुकामलगायत माथिल्लो क्षेत्रमा जाडो बिदा सकिएर हिजोबाट विद्यालय सञ्चालनमा आएको भएपनि आज अधिकाँश विद्यालयले चिसोका कारण पढाउन नसकिने भन्दै बिदा दिएपछि विद्यार्थी फर्किएका छन् । 
 
जल्लाको खुम्बु क्षेत्रका वस्तीमा बाक्लो हिउँ जमेका कारण घरबाहिर निस्कनसमेत असहज भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । अहिले ती ठाउँमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । सगरमाथा राष्टिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार नाम्चेको तापक्रम आज माइनस ७ डिग्रि सेल्सिएसबाट पनि तल झरेको छ । 



नयाँ