युएईमा एक बर्षको अवधिमा ८४ जना नेपालीले ज्यान गुमाए
लालबहादुर ढेंगा,
प्रकाशित २०७४ पुष २५ मंगलबार
478
Shares
दुबई। खाडी मुलुकहरुमध्ये नेपाली रोजगार दाताहरुका लागि युएई एकदमै उत्तम थलो बन्दै गएको पाईन्छ । वैदेशिक रोजगारका लागि विगतमा साउदी अरब त्यसपछि कतार अब भने युएईमा आउनेहरुको घुईचो लागेको देख्न सकिन्छ । युएईमा छिर्नका लागि खासै झन्झट नहुने, प्रक्रियाका लागि सहज र सरल बातावरण भएका कारण दिनाहुं भित्रिने क्रममा बृद्धि भएको हो ।
युएईमा नेपाली कामदारहरुको जनसंख्या आधिकारिक सरकारी तथ्याङ्क नभएता पनि आम जनमानसको अन्दाजमा लगभग २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान गरिन्छ । (इम्पलोयमेन्ट) काम गर्ने भिषामा भन्दा भिजिट भिषामा आउनेहरुको संख्या ह्वाट्टै बढ्न थालेको छ । व्लडभित्र आफन्ती पर्नेहरुको भिजिट भिषालाई कानुनी वैधानिक रुप दिनका लागि नेपाली राजदूतावास अबुधावीमा मासिक ४ सयदेखि ५०० सयसम्म सिफारिस लिन पुगेको दूतावासले जानकारी दिएका छन् ।
गत साल २०१७ एक बर्षको अवधिमा विदेशी भूमिमा आएर धन सम्पत्ती कमाई घर परिवारलाई सुख र खुशीयाली दिने सपना बोकेर युएई छिरेका ८४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । जसमा ७६ जना पुरुष रहेको छ भने ८ जना महिला रहेको छ । मृत्यु हुनेहरुमा प्राकतिक रुपले ४३ प्रतिशत जनाएको पाईन्छ । त्यसैगरी आत्महत्या ३१ प्रतिशत र दुर्घटना २६ प्रतिशत देखाएको छ । नेपाली राजदूतावास अबुधावीको ४ बर्षको रिकर्ड सरसर्ती हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० रहेको छ ।
पछिल्लो समयमा युएईस्थित नेपाली व्यसायीहरु निकै मौलाउंदै गएका छन् । धेरै जसो व्यवसायीहरु लामो समयको रोजगारबाट विभिन्न व्यवसायी क्षेत्रमा हानिएका हुन् । लगभग सबै प्रकारका नेपाली सामान र नेपाली परिकारका स्वादहरु लिन पाईन्छ । नेपाली भाकाका लोक सांगीतिक पस्किने लोक दोहोरी सांझदेखि लिएर स–साना पसलहरु समेत रहेका छन् । सबै व्यवसायीहरुमध्ये रेष्टुरेण्ट, ट्राभल्स एण्ड टुरिजम र व्यूटी पार्लर फस्टाएको पाईन्छ ।