रुकुममा कक्षा ८ को परिक्षा जिल्ला शिक्षा कार्यालय नै सञ्चालन गर्ने

लोकेन्द्र खनाल, प्रकाशित मिति : २०७४ पौष २५ मंगलबार

रुकुम। यस भन्दा पहिले सञ्चालन हुँदै आएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षा रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपालि पनि जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चान हुने भएको छ । मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा भएको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघियतामा गएपनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परिक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय भएको हो ।

एसइइ परिक्षाको पूर्व तयारीको लागि जिल्लामा परिक्षा सञ्चालन गर्न र त्यसको अभिलेखीकरण गर्नको लागि जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लालबहादुर घर्तीको संयोजकत्वमा १० सदस्यीय एक समिति समेत गठन गरेको छ ।

यसका साथै बैठकले जिल्लाको शैक्षिक सुधारनमा बृद्धि गर्नको लागि कक्षा १ देखी नै कम्तीमा तीन वटा विषयको अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने र शैक्षिक सुधारको लागि ठोस कार्ययोजना निर्माण गरेर प्रगति विरण जिल्ला शिक्षा कार्यलयमा जानकारी गराउने निर्णय समेत गरेको छ ।

जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको अध्यक्षतामा भएको प्रधानाध्यापकहरुको बैठकले शैक्षिक सुधारमा बृद्धि गर्नको लागि कम्जोर विद्यार्थीको लागि न्यूनतम शुल्कमा थप कक्षा सञ्चालन गर्न विद्यालयलाई अनुमति समेत दिएको छ । यसका साथै जिल्लामा लामो समयदेखी हुन नसकेको शिक्षकहरुको विषयगत दरबन्दी मिलान गर्ने भएको छ । जिल्लामा दरबन्दी मिलान नहुँदा समस्या भएको गुणसो आएपछि विषयगत शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णया भएको हो ।

 

नयाँ