काठमाडौं । वैशाख १२ को ‘गोरखा’ भूकम्प पछि अझै पराकम्पन आउने क्रम रोकिएको छैन । वुधबार राती ८ बजेर ४२ मिनेमा सिन्धुपाल्चोकको हगम र जलबिरेकोबीचको भू–भागलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विनाशकारी ‘गोरखा’ भूकम्प गएको १० महिना पुगिसक्दासमेत पराकम्पन आउने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’ पछि चार रेक्टर स्केलमाथिका ४ सय २८ पराकम्पन आइसकेका छन् ।
यसअघि, वुधबार बिहान सिरहाको अर्नामाल्पुर र गौरीपुर नजिकै केन्द्रबिन्दु भएर४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केही साता अघि मात्र बाजुराको बाह्रबिसे नजिकै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएकोपछी विद्यालय र स्वास्थ्यचौकी भवन चर्किएका थिए ।