arrow

स्थानीय सरकारले चर्पी बनाउन दिएनन् चासो

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ पुष २६ बुधबार
Morang_District.png

विराटनगर । स्थानीय निकायहरुले चासो नदिदा मोरङका सीमावर्तिक्षेत्रका नगर तथा गाउपालिकामा खुला दिशामुक्तक्षेत्र बनाउने अभियान प्रभावकारी हुन सकेको छैन ।

अभियान प्रभावकारी नभएपछि उत्तरी मोरङको तुलनामा दक्षिणीक्षेत्रमा चर्पी  निर्माण कार्य समेत प्रभावकारी रुपमा अघि बढ्न  सकेको छैन ।

अभियान संचालनमा आएसंगै उतरीक्षेत्रमा ७० प्रतिशत चर्पि निमार्ण भएका छन भने दक्षिणीक्षेत्रमा ४० प्रतिशत मात्र चर्पी निमार्ण भएका छन । नगरपालिका तथा गाउपालिकाका जनप्रतिनिधीहरुले  अभियानप्रति चासो नदिदा तथा चर्पीमा  दिसा गर्नुपर्दछ भावनाको विकास नहुदा खुला दिसा मुक्त राष्ट्रिय अभियानले गति लिन नसकेको हो ।

रंगेली, डायनिया नरपालिका तथा धनपाल तथा जहदा गाउपालिकामा खुल्ला दिसामुक्त अभियान प्रभावकारी देखिएको स्थानीयको गुनासो छ ।  उत्तरी क्षेत्रका कतिपय नगरपालिका तथा गाउपालिकाका वर्डाहरु धमाधम खुल्ला दिसा मुक्तक्षेत्र घोषणा भइरहेको छन् ।

सन २०१७ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसक्नुपर्नेमा २०१८ लाग्दा समेत सिमावर्तीक्षेत्रका नगर तथा गाउपालिकहरुमा ४० देखि ५०  प्रतिशतमात्र चर्पी निमार्ण भएका छन् ।

धनपाल गाउपालिकामा लक्ष्य अनुसार ३२ सय ४९ ओटा घरधुरीमा  चर्पी निमार्णगर्न अझ बाँकी रहेका छन् । त्यो गाउपालिकाको सातवटा वडा मध्ये २, ३, ४, ५ र ६ नम्वर वडामा ५ हजार ५ सय ६९ वटा चर्पी निमार्ण गर्ने लक्ष्य रहेको थियो ।

यो गाउँपालिकामा सामुदायिक विकास समाजले गाउँपालिकाको सहयोगमा चर्पी निमार्ण गर्दै आएको छ । धनपाल गाउपालिकाको १ नम्वर वडाको नोचा मात्र खुला दिशामुक्तक्षेत्र घोषणा भएको छ ।
 धनपालमात्र होइन रंगेली नगरपालिकाको अवस्थापनी त्यस्तै छ ।

सो नगरपालिकोको कुनैपनी वर्डा अहिलेसम्म खुला दिशामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन । यो नगरपालिकामा मातृभूमि समाज नामक संस्थाले नगरपालिकाको सहयोगमा चर्पी निर्माण गरिरहेको छ । समाजले ४, ५, ६ र ७ नम्वरवर्डामा चर्पी निमार्ण गर्दै आएको छ  ।

एउटा चर्पी बनाउनका लागी ११ सय रुपैया लिनेगरेकोमा संस्थाले चर्पी  लागि चाहिने पैन, रिंग तथा पाइप समेत उपलब्ध गराउँदै आएको छ  । रंगेली नगरपालिकाको सात नम्वर वडा खुल्ला  दिशामुक्त घोषणाको तयारीमा छ । चर्पी बनाउन  सर्वसाधारण उत्साहित भएका पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ