arrow

नगरप्रमुखले भने – पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु 

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
bajura-district.png

बाजुरा । बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताएका छन् ।

बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताए । 

उनले नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने बताए । 

नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५०० मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।  

उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा यही माघ १५ आउने भएकाले उनीहरुसँग पानीको क्षमता हेरी विद्युत् निकाल्न सहयोगका लागि अपिल गर्ने बताए । 

नगर प्रमुख बडुवालले सहकारीमार्फत आयआर्जनका कार्य गर्न आग्रह गरेका छन् । बडीमालिका नगरपालिका–६ कोर्धमा आलु खेतीको प्रशस्त सम्भावना रहेकाले सबैले व्यावसायिक बन्नुपर्नेमा जोड दिए । 

उनले केरा, कागती र अन्य फलफूल खेती गर्न सकिने भएकाले कृषकले व्यवसाय गर्दै आर्थिक समृद्धि ल्याउनुपर्ने बताए । 

सहकारीले बचत र ऋण लगानी मात्र गर्ने नभई उत्पादनमुखी कार्यमा लाग्नुपर्ने नगर प्रमुख बडुवालले भने । 

तरकारी खेती र अन्य आयआर्जनका कार्य गरे सहकारी उत्पादनमुखी बन्नेमा आफु विश्वस्त रहेको पनि उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ