arrow

अवरुद्ध जलविद्युत् आठ महिनापछि पुनः सञ्चालनमा

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
Khotang-hamrakura.jpg.jpeg
खोटाङ। बाढीले पावरहाउस बगाएपछि अवरुद्ध बनेको खोटाङको तावाखोला लघुजलविद्युत् आयोजना आठ महिनापछि पुनः सञ्चालनमा ल्याइएको छ । गत असार १९ गते आएको बाढीले बगाएको १७ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना बुधबारबाट पुनः सञ्चालनमा ल्याइएको हो ।
 
बाढीले क्षतिग्रस्त जलविद्युत् सञ्चालनमा ल्याउन कसैको सहयोग नपाएपछि चन्दा सङ्कलन र श्रमदान गरेर सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका सचिव लोकप्रसाद राईले जानकारी दिनुभयो । खिदिमा–४, ५, ६, ७ र ८ तथा छितापोखरी–९ र मात्तिम–९ का गरी २३३ घरधुरी उपभोक्ताले प्रयोग गर्दै आएको अवरुद्ध जलविद्युत् पुनः सञ्चालनमा आएपछि उपभोक्ता खुसी भएका छन् ।
 
रातको समयमा आएको बाढीले लघुजलविद्युत्को पावरहाउस, नहर लगायतका संरचनामा क्षति पुर्‍याएको थियो । विद्युत्गृह सञ्चालनमा ल्याउनका लागि श्रमदानबाहेक प्राविधिक खर्च रु एक लाख दुई हजार, ३० मिटर ढुङ्गा कटानका लागि रु दुई लाख २२ हजार गरी रु तीन लाख २४ हजार खर्च भएको समितिले जनाएको छ ।
विद्युत् सञ्चालनमा ल्याउन उपभोक्ताबाट प्रतिघर रु एक÷एक हजारका दरले चन्दा उठाएको सचिव राईले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ