arrow

जन्म र मृत्युमा नगद दिने निर्णयले हर्षित

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
ilam_district_map.png

मंगलबारे । जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । 

देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । 

जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ । 

जनप्रतिनिधि चुनिएपछिको पहिलो नगरसभाले यस्तो निर्णय गरेको हो । सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।

त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । 

७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पु¥याउन नगद रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ३०० जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष्य राखेको छ । 

विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ । 

यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानीय युवराज खनालले बताए । 

यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ