arrow

कस्ले जित्ला लिग कप उपाधि ?‘लिभरपुल वा म्यान्चेस्टर सिटी’

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
capital-one-cup.jpg.jpeg

एजेन्सी । इङ्गलिश लिग कप (क्यापिटल वान कप) को फाइनल भिडन्त दुई इङ्गलिश क्लबबीच हुने भएको छ । म्यान्चेस्टर सिटी लिग कपको फाइनलमा पुगे संगै दुई इङ्गलिश टोली लिभरपुल र सिटीको फाइनल भेट पक्का भएको हो । उपाधि भिडन्त आउँदो फेब्रुअरी २८ अर्थात फागुन १६ गते हुनेछ ।

सेमिफाइनल दोस्रो लेगमा सिटीले घरेलु मैदानमा एभर्टनलाई ३–१ ले हरायो । पहिलो लेगको खेलमा एभर्टनसँग २–१ ले पराजित सिटीले बुधबार राती घरेलु मैदानमा जित निकाल्दै समग्रमा ४–३ ले फाइनल यात्रा तय गरेको हो । सिटीका लागि फर्नान्डिन्हो, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे । एभर्टनले रोस बार्कलेको गोलबाट सुरुवाती अग्रता लिए पनि लय जोगाउन सकेन ।  

यसअघि, बुधबार बिहान भएको पहिलो सेमिफाइनल १–१ को बराबरी हुँदा पेनाल्टी सुट आउटमा स्टोक सिटीलाई ६–५ ले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको थियो । पहिलो लेगको खेल १–० ले जितेको लिभरपुलले दोस्रो लेगको खेल १–० ले नै गुमाएपछि निर्णय टाइब्रेकरमा गएको थियो । टाइमा सिटी चिप्लिएपछि लिभरपुलले बाजी मारेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ