arrow

कतारमा सागर आलेको वेजोड प्रस्तुति

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
Lifter.jpg

उदयपुर ।  जिल्लाको त्रियुगा नगरपालिका भित्रका बिभिन्न स्थानहरुमा रहेको गरीब, अनाथ तथा सुस्त मनस्थिती बालबालिकाहरुको आर्थिक सहयोगार्थ कतारमा कार्यरत सम्पूर्ण त्रियुगा नगरबासीहरुको प्रतिनिधित्व गरी २०७३ स्थापना भएका त्रियुगा नगर प्रबासी युवा समूह, कतारले नेपाल आईडलको चौथो फाइनलिस्ट तथा गायक सागर आलेको साथमा कतारमा सांगितिक धमाका गर्न गईरहेको छ ।

 २३ फेब्रुअरी २०१८ को दिन हुने उक्त सांगितिक धमाकामा त्रियुगा नगरपालिका स्थानीय कलाकारहरुको पनि साथ रहने छ । जसान गायक फिरोज बस्नेत, डान्सरहरु एमजे मिथुन, रेखा राई र सबिता रहनेछन् ।  साथै कतारमा रहेका कलाकार देवराज न्यौपाने , लोक गायक रित कुमार श्रेष्ठ र यु एण्ड आइ डान्स क्रुको पनि बेजोड प्रस्तुति रहने छ ।

दोहाको अल अहली स्पोर्टस क्लब नजिकै अबस्थित रेजेन्सी हलमा हुने उक्त सांगितिक धमाकामा गायक अमित आलेले चर्चित गीतहरुको प्रस्तुति हुने र कतार स्थित रहनु भएको नेपालीहरुको भरपूर माया र साथ पाउने आशय आयोजक संस्थाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ