arrow

काठमाडौं काँग्रेसमा प्रभाव केन्द्रीय नेताको, आकाँक्षी पुरानै अनुहारहरु; को को गर्दैछन भिड्ने तयारी?

महानगरपालिका र नगरपालिकाहरुमा को को उठ्दैछन?

logo
राजनीतिक व्यूरो
प्रकाशित २०७२ माघ १४ बिहिबार
sher-gagan-prakash.jpg.jpeg
काठमाडौ। देशभर काँग्रेसको महाधिवेशनको रन्को शुरु भएको छ। काँग्रेसका करिव ५ लाख सक्रिय सदस्य महाधिवेशनमा सक्रिय हुँदै गर्दा देशभरको माहौल काँग्रेसमय बनेको छ। काँग्रेसको महाधिवेशनका लागि नेताहरु सबै आफ्ना गाउँ तथा नगरस्तरमा सक्रिय हुनेभएपछि संसदको वैठक समेत माघ २८ सम्मलाई स्थगित गरिएको छ। धेरै नेता कार्यकर्ताको पार्टीको नेतृत्व तहमा पुग्ने भाग्य र भविष्यको फैसला हुने हुनाले यो महाधिवेशन र स्थानियस्तरमा हुने अधिवेशन काँग्रेस वृत्तमा निकै महत्वका साथ हेरिएको छ। 
 
पुरानो पार्टी र संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेसको महाधिवेशन राष्ट्रिय राजनीतिमा यसले पार्ने प्रभावका कारण पनि देशभित्रका अन्य राजनीतिक शक्ति र अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुका लागि पनि चासोको विषय हुने गरेको छ। यसमा पनि काँग्रेसको सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधी आउने जिल्लाको हिसावले मात्र नभइ देशकै राजधानी भएका कारण पनि काठमाडौं काँग्रेसको अधिवेशनमा धेरै चासो रहँदै आएको छ। काठमाडौले महाधिवेशनलाई समेत प्रभावित पार्न सक्ने भएका कारण मात्र हैन यहाँ रहेका नेताहरुका कारण पनि काठमाडौंको अधिवेशन अहिले काँग्रेसका शुभेच्छुक र कार्यकर्तासँगै अन्य धेरैले उत्सुकताले हेरिरहेका छन्। 
 
देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा काँग्रेसका प्रभावशाली नेताहरुको चासो काठमाडौंमा देखिन थालेको छ। केन्द्रीय र स्थानिय राजनीतिको अलग प्रयोग हुने कारणले पनि काठमाडौंको राजनीतिमा संस्थापन पक्ष भित्रका गुटहरुको र बरिष्ठ नेता शेर बहादुर देउवा पक्षको त्रिपक्षीय प्रभाव देखिन्छ। पार्टीका प्रभावशाली महामन्त्री प्रकाशमान सिंह पार्टीका प्रभावशाली यूवा नेता गगन थापा यहि काठमाडौंकै भएका कारण काठमाडौं काँग्रेसको राजनीतिलाई धेरैले उत्सुकतापूर्वक हेरिरहेका छन्। पार्टी महामन्त्री सिंहसँग समिकरण नमिल्ने काठमाडौं काँग्रेसका सभापति भिमसेनदास श्रेष्ठले फेरि सभापतिमा दोहोर्याउने इच्छा देखाएपछि सिंह उनका प्रतिष्पर्धामा अर्को उमेद्वार खोजिमा रहेका छन्। यसअघी सिंह र पार्टीका बरिष्ठ नेता शेर बहादुर देउवाका साझा उमेद्वारका रुपमा रहेका काठमाडौं क्षेत्र नम्वर १० का सांसद राजन केसी काठमाडौं सभापतिमा पराजित भएका थिए। देउवा र सिंहको गठवन्धनलाई काँग्रेस नेता गगन थापा, तीर्थराम डंगोल भिमसेनदास प्रधान लोकेश ढकाल सहितको प्यानलले हराएको थियो। यो प्यानलबाट नेपाल प्राध्यापक संघका पूर्व सभापति समेत रहेका सांसद प्रधानले जितेका थिए। 
 
१३ औं महाधिवेशनका लागि हुने काठमाडौंको अधिवेशनमा यो पटक प्रधानसँगै फेरि प्रतिष्पर्धा गर्न केसीले इच्छा देखाएका छन्। तर यो पटक केसी देउवाको मात्र उमेद्वार बन्ने चर्चा छ। महामन्त्री सिंहले प्रधान निर्वाचित भएको काठमाडौं क्षेत्र नम्वर ६का जग्गा व्यवसायी सवुज वानियाँलाई सभापतिमा उमेद्वार बनाउन गृहकार्यमा लागिपरेको उनी निकट स्रोत बताउँछ। क्षेत्र नम्वर ५का पूर्व सभापति श्रीविनोद भट्टराई र क्षेत्र नम्वर ९का वहालवाला क्षेत्रीय सभापति धर्म गौतम पनि पार्टी सभापतिका आकांक्षीका रुपमा देखिएका छन्। 
 
सवुजलाई जिल्ला सभापति बनाउन प्रकाशमानसिंह निकटहरु रणनीतिमा रहेका छन्। उनीहरुले काँग्रेस नेता अर्जुननरसिंह केसी परिवारको पनि साथ पाउन प्रयास पनि गरेका थिए। तर केसी परिवारले प्रष्ट रुपमा उनलाई केहि पनि नभनेको बताइएको छ। नुवाकोटबाट आएर बसेकाहरुको बढी बस्ती भएका कारण काठमाडौंको क्षेत्र नम्वर ६ र ७ मा केसी परिवारको राम्रो मानिन्छ। सिंहले आफ्ना निकटहरुको कुरा सुनेर सबुजलाई उमेद्वार बनाए भने यसअघीको जस्तो देउवा र सिंहको पार्टी सभापतिमा कार्यगत एकता हुने सम्भावना कम हुन्छ। त्यस अवस्थामा भट्टराई र गौतमको उमेद्वारीले पनि अधिवेशनको परिणाम तलमाथि पर्न सक्छ। सभापति बाहेकका अधिकांश क्षेत्रीय सभापतिहरु स्थानिय राजनीतिमा सिंहसँग नजिक देखिने र केन्द्रीय राजनीतिमा देउवासँग नजिक भएका कारण पनि काठमाडौं काँग्रेसको राजनीति अलि पेचिलो छ। त्यसमा काठ, नगर र जातीय कुरा पनि जोडिदा अझ पेचिलो र रोचक बन्ने गर्दछ। केन्द्रीय राजनीतिमा सोझो प्रतिष्पर्धा देउवासँग नहुँदा सिंहले पनि आफ्ना कार्यकर्तालाई देउवा क्याम्पबाट संस्थापन क्याम्पमा ल्याउन चाहेको अवस्था छैन। सिंह निकटहरुले हाम्राकुरा डटकमलाई बताए 'उनको इच्छा सबै ठाउँमा लागु हुन पनि नसक्ने कारण पनि सिंहले यसमा हस्तक्षेप समेत गरेका छैनन।' तर सबुज वानियाँ सिंहको उमेद्वार भए भने सिंह र देउवा निकटहरुको मत बाँडिएर केहि भने सबुजको प्रतिष्पर्धामा उठ्ने केसीको पक्षमा झर्नेछ। यो अवस्थामा पहिलो चरण निर्णायक नभएर भिमसेनसँगै सबुज दोस्रो चरणमा पुगे भने देउवा निकटहरुको मत भने सबुजको विरुद्धमा झर्ने अवस्था आउँछ। त्यो अवस्थामा भिमसेनदासले सजिलै जित्ने अवस्थामा पुग्ने छन्। यस दृष्टिले समेत भिमसेनदास सभापतिका बलिया उमेद्वार हुन। संस्थापनका उमेद्वार प्रधानलाई गगन थापाको समर्थन रहँदा उनी स्वभाविक रुपमा सबैभन्दा बलिया हुन्छन्। 
 
काँग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्दै आएका यूवा नेता थापाले समेत काठमाडौंमा उपस्थिति वलियो बनाउँदै जाँदा धेरैको लागि टाउको दुखाइ समेत भएको छ। त्यसैले कतिपय सन्दर्भमा उनलाई आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ मा अल्झाइ राख्ने प्रयत्न पनि हुने गरेको थापा निकटहरु बताउँछन। थापा निकटहरु भन्छन ' उहाले क्षेत्रको राजनीतिलाई मिलाउँदै समग्र काठमाडौं मार्फत उपत्यका र देशको राजनीतिलाई दिशानिर्देश गर्न लागिपर्नुभएको छ।' तर थापाले काठमाडौंमा ध्यान नै नदिएका भने होइनन्। उनी काठमाडौंको राजनीतिका महत्वपूर्ण खेलाडी हुन भन्ने बुझाइ संस्थापन भित्रकै गुटहरुमा र देउवा खेमामा पनि छ। 
 
तर राजनीति त्यति सजिलो छैन। नेता अनुसारका उमेद्वार हुने कारण र स्थानिय राजनीतिमा देखिएको वेमेलका कारण पनि धेरैको आकांक्षा सम्वोधन गर्न देउवा, सिंह, थापा  र प्रधानहरु सबैका लागि टाउको दुखाइ अवश्य भएको छ। 
 
सचिवमा को उठ्दैछन?
काठमाडौंको सचिवमा वहालवाला प्रचण्डदेव मानन्धर इच्छुक देखिएका छन्। तर यूवा नेता प्रगति रञ्जिलतले पार्टी सचिवमा उमेद्वारी दिने तयारी गरेर कार्यकर्तामाझ पुग्न थालेपछि मानन्धरले रञ्जितलाई समर्थन गर्न सक्ने देखिएको छ। मान्नधर र रञ्जितबीच यसबारेमा केहि चरणमा चर्चा पनि भइसकेको बताइएको छ। तर रञ्जितलाई महानगरपालिकाको सम्भावित उमेद्वारको रुपमा देखाएर महागनरको सभापतिमा उमेद्वारी दिन सुझाव दिनेहरु पनि छन्। रञ्जित सचिवमा प्रचारमा हिडिसकेका कारण ति सुझावहरुमाथि विचार गरिरहेको बुझिएको छ। उनी सचिवका वलिया उमेद्वार मानिन्छन।  
 
क्षेत्रीय सभापतिमा को को भिड्दैछन?
काठमाडौंमा क्षेत्र नम्वर ९को वाहेक सबै क्षेत्रीय सभापतिहरु दोहोर्यारउने इच्छुक भएपछि नयाँ नेतृत्वमा आउन चाहनेहरुलाई पनि फलामे च्युरा बन्ने भएको छ। क्षेत्र नम्वर १ मा हिरालाल तण्डुकार क्षेत्र नम्वर २ मा उपेन्द्र कार्की क्षेत्र नम्वर न ४ मा न्हुच्छे  नारायण श्रेष्ठ क्षेत्र नम्वर ५मा रमेश खड्का क्षेत्र नम्वर ६ मा नह्च्छेनारायण मानन्धर क्षेत्र नम्वर ७ मा धर्म अर्याल क्षेत्र नम्वर ८ मा महोन बस्नेत क्षेत्र नम्वर १० मा राजकुमार श्रेष्ठले नै दोहोर्यारउन चाहेका छन्। क्षेत्र नम्वर ३का सभापति चक्र ठकुरीको निधन भएका कारण त्यहाँ नयाँ अनुहार आउने देखिएको छ। क्षेत्र नम्वर ९का सभापति जिल्ला सभापतिको दौडमा हुँदा त्यहाँ पनि नयाँ आउने देखिएपनि अन्य ८ वटा निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याउने गरि तयारीमा लागेका कारण प्रतिष्पर्धामा आउनेहरुका लागि पनि स्थित सहज छैन। तर कतिपय ठाउँमा भने पुरानै अनुहार दोहोरिन खोज्दा नयाँ अनुहारका लागि फाइदाको अवस्था हुने पनि देखिएको छ। 
 
काठमाडौं क्षेत्र नम्वर १ बाट बरिष्ठ नेता देउवा निकट हिरालाल तण्डुकार फेरि उमेद्वार हुने चर्चा छ। तर धेरै देउवा निकटहरुसँग उठबस बढी भएपछि सिंहले उनको ठाउँमा भरत राजभण्डारी र राजु अर्याल मध्ये एकलाई उमेद्वार बनाउने चर्चा चाक्सिवारी निकटहरुले बताउन थालेका छन्। 
 
क्षेत्र नम्वर २ मा देउवा निकट उपेन्द्र कार्कीले दोहोर्या उन लागिपरेका छन। उनको प्रतिष्पर्धामा मनिष कोइराला, जयराम पुडासैनी, शंकर थापा र अर्जुन पराजुली मध्ये एक जना उठ्ने छन्। उनीहरु सबै संस्थापन निकट मानिन्छन। एकजनाले क्षेत्रीय सभापति पाउँदै गर्दा अन्य भने कोहि नगर सभापति र कोहि अन्य पदमा मिलाउनुपर्ने अवस्थामा संस्थापक निकटहरु छन्। 
 
क्षेत्र नम्वर ३ मा लाल बहादुर लामा, सन्तोष चालिसे र कृष्णजी खड्काहरु उमेद्वार बन्न लागिपरेका छन। सन्तोष देउवा निकट र तरुण दलको कार्यवाहक अध्यक्ष समेत रहेका खड्का प्रकाशमान निकट मानिन्छन। राजनीतिक समिकरण बन्ने क्रममा सन्तोषले लामालाई समर्थन गर्न सक्ने बुझिएको छ। 
 
काँग्रेस युवा नेता गगन थापा सांसद भएको काठमाण्डौ क्षेत्र नं. ४ मा थापा आफैँ पनि पार्टीको महामन्त्रीमा उमेद्वारका लागि तयारी गरिरहेका समयमा यो क्षेत्रलाई पनि निकै महत्वका साथ हेरिएको छ। सामान्य रुपमा हेर्दा यस क्षेत्रमा क्षेत्रिय सभापतिका लागि हालका क्षेत्रिय सभापति न्हूच्छे नारायण श्रेष्ठ, सचिव श्यामकृष्ण सङ्गत र राजु श्रेष्ठ आकांक्षी देखिएका छन्। आकांक्षीहरुबीचमा तालमेल मिलाउने प्रयास भइरहेको क्षेत्र नम्वर ४का स्थानिय नेताहरुले हाम्राकुरा डटकमलाई बताए। त्यसो हुन सके एकजनालाई क्षेत्रीय सभापति बनाउने अरु दुईलाई महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा लैजाने तथा प्रदेश सभामा एमएलए लगायतका पदमा लैजाने गरि आकाँक्षीहरुको व्यवस्थापन गर्ने प्रयासमा थापाले गृहकार्य गरिरहेका छन्। क्षेत्र नम्वर ४ को संविधानसभामा समानुपातिक पदका उमेद्वार राजु श्रेष्ठले जोडतोडका साथ क्षेत्रीय सभापतिमा प्रचार प्रसार भने गरिरहेका छन्। थापा र श्रेष्ठले बसेर स्थानिय आकाँक्षाहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव उनीहरु निकटले दुबैलाई दिएका छन्। त्यसो भएमा ४मा सर्वसम्मत नेतृत्व पनि आउन सक्छ। 
 
क्षेत्र नम्वर ५मा रमेश खड्काले सोहि क्षेत्रका प्रभावशाली काँग्रेस नेता नरहरी आचार्यको समर्थन लिने प्रयासमा छन्। उनले देउवा पक्षबाट अर्को उमेद्वार बन्न नदिने र संस्थापन पक्षको पनि आफैले समर्थन लिने प्रयास गरिरहेका छन्। यद्यपी रामचन्द्र घिमिरे, माइला डंगोल र राजेश अधिकारी पनि क्षेत्रीय सभापतिको आकांक्षी छन्। 
 
क्षेत्र नम्वर ६मा प्रकाशमान सिंह निकट वहालवाला सभापति न्हच्छेनारायण मान्नधरले तयारी गरिरहँदा जिल्ला सहसचिव श्याम खड्गीले भिसमेन प्रधान समुहबाट उमेद्वारी दिदै छ्न्। हरिहर अधिकारीकव पनि चर्चा छ।
 
क्षेत्र नम्वर ७मा प्रकाशमान सिंह निकट धर्मराज अर्यालले नै दोहोर्याणउन खोजिरहँदा केन्द्रीय राजनीतिमा संस्थापन निकट मानिने सुदर्शन आचार्य र विजय माली पनि आकाँक्षी छन्। आचार्य र मालि मध्ये एकले सिंह निकट मानिने मुकुन्द रिजाल र अर्याल मध्ये एकसँग चुनाव लड्नेछन्। 
 
क्षेत्र नम्वर ८ मा देउवा निकट मोहन बस्नेतसँग संस्थापनका प्रकाशमानसिंह निकट जुद्धरत्न बज्राचार्य र जुद्ध गुर्जुले चुनाव लड्ने देखिएको छ। संस्थापनका देवरत्न डंगोलले स्थानियस्तरमा भिमसेनदासहरुको टीमको साथमा प्रकाशमान र देउवाका उमेद्वारलाई चुनौति दिनेछन्।
 
क्षेत्र नम्वर ९मा संस्थापनका तर्फबाट काँग्रेसका अनुभवी नेता तथा काठमाडौंका उपसभापति गौरी दवाडी उमेद्वार बन्ने देखिएका छन्। क्षेत्रीय सभापति धर्म गौतम सभापतिका उमेद्वार बन्ने भएपछि यहाँ नयाँ अनुहार नै आउने भएका हुन्। निर्वाचित क्षेत्रीय सचिव रमेश रायमाझी पनि सभापतिका दावेदार देखिएका छन्। देउवा तथा प्रकाशमानसिंहको साझा उमेद्वारमा विद्यार्थी राजनीति गरेर आएका जयकृष्ण महर्जन छन्।  उनले आफूलाई ध्यानगोविन्दको समर्थन रहेको बताएका छन्। 
 
क्षेत्र नम्वर १० मा सांसद राजन केसीले पुकार महर्जनलाई बोकेका छन्। वहालवाला सभापति राजकुमार नकर्मीले फेरि दोहोर्यामउने इच्छा जनाएका छन्। राजेन्द्र विक्रम वानिया घनश्याम गिरी र सूर्यनारायण मान्नधर पनि आकाँक्षी छन् तर उनीहरु मध्ये कोहि नगरपालिकातिर गएर पनि एक जना टीमको तर्फबाट उमेद्वार हुने चर्चा छ। 
 
काठमाडौं महानगरको अधिवेशन हुन गाह्रो
देशकै एक मात्र महानगरपालिका काठमाडौंमा सभापतिका लागि केहि व्यक्तिहरुले इच्छा जनाएका छन्। तर करिव १९ हजार सक्रिय सदस्य भएको महानगर समितिको चुनाव गराउन हम्मे हम्मे पर्दै आएको छ। १२औं महाधिवेशनमा पनि प्रतिनिधी पठाएर महानगर समितिको चुनाव भने भएको थिएन। यो पटक पनि निर्धारित समय माघ १७ मा भने हुन नसक्ने देखिएको छ। तयारी भने जिल्ला अधिवेशन पछि गर्नेगरि भएपनि त्यसमा अन्यौल छ। मतदाताका हिसावले केन्द्रीय महाधिवेशन भन्दा करिब ६ गुणा ठूलो महानगरको अधिवेशन गराउन खास ध्यान नदिने कारणमा उसको विधानत अधिकार पनि नभएको बताउनेहरु धेरै छन्। विधान संसोधन गर्न माग गरेपनि सुनुवाइ नभएको स्थानिय नेताहरुले हाम्राकुरा डटकमलाई बताएका छन्। नगरपालिकाबाट पनि प्रतिनिधिमुलक भएको भए सजिलो हुन्थ्यो तर अहिले त्यस्तो अवस्था नहुँदा गाह्रो भएको काठमाडौ काँग्रेसका नेताहरु बताउँछन्। महामन्त्री सिंहसँग नजिक भएका कारण रामकृष्ण महर्जन र भगवान शाक्य आफ्ना लागि लागिपरेका छन भने जिल्ला सभापति निकट रहेका सुसद वैध पनि सभापति उमेद्वार हुने तयारीमा छन्।
 
नगरपालिकाहरुमा को को भिड्दैछन 
काठमाडौ क्षेत्र नं. ४ मा पर्ने देशकै सबैभन्दा ठूलो नगरपालिका बुढानिलकण्ठ नगरपालिकाको नगर सभापतिमा भने गणेश कोइराला र राजाराम बुढाथोकी बीच सहमति खोज्ने प्रयत्न भइरहेको छ। सानु श्रेष्ठको पनि चर्चा छ।

सबैभन्दा बढी प्रतिनिधि रहेको साविकको कपन गा.वि.स. ( हाल वडा नं. १२, १३, १४, १८ र १९) मा कसलाई प्रतिनिधी लैजाने भन्ने विषयमा निकै नै प्रतिष्पर्धा छ। त्यहाँ नगर सचिवको प्रत्यासिमा मनोज सिग्देलले इच्छा देखाएका छन्। उनलाई बद्री भट्टराईले प्रतिष्पर्धा दिन सक्ने बताइएको छ। तारकेश्वर नगरपालिकामा कृष्णभक्त तिमिल्सिना श्रीराम थापा र सुदर्शन आचार्यको चर्चा छ। चन्द्रागिरीमा घनश्याम गिरीको चर्चा छ। नागार्जुनमा केदार मान्नधर दक्षिणकालिमा मोहन बस्नेत श्याम खत्री र विजय बस्नेत मध्ये एक उमेद्वार हुनेछन। किर्तिपुरमा सुवोध आचार्य बलियो उमेद्वारका रुपमा अगाडी आए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ