- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाहावाद । भारतीय एक साधुले काँडालाई बिस्तारा बनाएर कठिन तपस्या गरिरहेका छन् । इलाहावादमा जारी एक महिने मकर मेलाका क्रममा ती साधुले प्रायश्चित गरिरहेका हुन् ।
लाखौं दर्शनार्थी मेला भर्न इलाहावाद जान्छन् । त्यसबीचमा विभिन्न हत्कण्डा पनि अपनाउँछन् । तर यी साधुलाई के भयो त्यस्तो जसले बनाए काँडाको सिरानी र काँडाकै बिस्तारा ।
५२ वर्षीय बाबा लक्ष्मण रामले गरेको प्रायश्चित गौहत्या वापतको हो । उनले काँडामा सुत्ने सिद्धी प्रापत गरिसकेका छन् ।
१८ वर्षको उमेरमा भुलवस् गरेको गौ हत्याको प्रायश्चित गर्दागर्दा उनी काँडामै सुत्न अभ्यस्त भइसकेका छन् ।
उनी काँडामा सुत्दासुत्दा दर्शनार्थीहरु उनलाई ‘काँटेवाले बाबा’ भनेर चिन्न थालेका छन् ।
मेलामा प्राप्त भएको चिज लिएर उनले गाईको सेवा गर्ने गरेका छन् ।