arrow

आइसीसी यू–१९ विश्वकपमा नेपालको विजयी सुरुवात, न्यूजिल्याण्डविरुद्ध शानदार प्रदर्शन

टेष्ट मान्यता प्राप्त टोली न्यूजिल्याण्ड फेरि नतमस्तक

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
ICC-nepal-news.jpg.jpeg
 
काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपालले न्यूजिल्याण्डविरुद्ध शानदार प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा समूह डी मै रहेको न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले दिएको दुई सय ३९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड १७ बल खेल्न बाँकी छँदै मात्र दुई सय ६ रनमा समेटियो । योसंगै नेपालले अघिल्लो चरण प्रवेशको बाटो खुल्ला गरेको छ  । सन् २००६ को प्लेट च्याम्पियनसिपमा नेपाल न्यूजिल्याण्डलाई हराउँदै प्लेट च्याम्पियन भएको थियो । 
 
न्यूजिल्याण्डविरुद्धको अर्को सफलताका रुपमा नेपाली खेलाडीले फेरि एकपटक गर्विलो प्रदर्शन गरेका छन् । खान शाहेव ओस्मान अली स्टेडियम फतुल्लाहमा भएको खेलमा ७ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए । भने, ओपनर सन्दीप सुनार र आरिफ शेखले समान ३९ रन जोडे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ