arrow

बर्थिङ सेन्टर प्रति स्थानियहरुको आर्कषण बढ्दै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ माघ ३ बुधबार
panchthar-district.png

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका बर्थिङ सेन्टरमा स्थानियहरुको आकर्षण बढ्न थालेको छ गाउँ घरमा प्रसुति गराउँदा आमा र बच्चालाई खतराका लक्षणहरु देखा पर्ने भएकाले पनि सुरक्षित प्रसुति सेवाका लागि स्वास्थ्थ चौकीमै आउने गरेको यासोक स्वास्थ्थ चौकीका प्रमुख केदार खड्काले बताए ।

 सुरक्षित रुपमा प्रसुति सेवा बर्थिङ सेन्टरबाट पाउँने भए पछि  प्रतेक महिनामा ६ देखी ८ जना सम्मले सुरक्षित प्रसुति सेवा लिईरहेको खड्काले बताए । स्वास्थ्थ सस्थाको प्रसुति केन्द्रको रुपमा रहेको बर्थिङ सेन्टमा प्रसुति सेवा लिनको लागि स्थानियहरु नियमीत रुपमा आउँने गरेको यासोक स्वास्थ्थ चौकीले जनाएको छ ।

कुम्मायक गाउँपालिकामा ५ वटा स्वास्थ्थ सस्थाहरु मध्ये २ वटा स्वास्थ्थ सस्थाहरुमा मात्रै बर्थिङ सेन्टरको ब्यबस्था गरिएको छ । जस मध्ये वडा नं २ माङजाबुङ र वडा न १ यासोकमा मात्रै यो सेवा सन्चालनमा आएको छ । अन्य ३ वटा स्वास्थ्थ सस्थामा बर्थिङ सेन्टरको समस्या रहेको छ ।

समस्या देखा परेका स्वास्थ्थ संस्थामा गाउँपालिकाले बर्थिङ सेन्टरको ब्याबस्थापन गर्न लागि गाउँपालिकाले आवश्यक रकम छुट्याएको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । स्थानियहरुलाई पाएक पर्ने स्वास्थ्थ सस्थामा सुरक्षित प्रसुति सेवा उपलब्ध गराउँनको लागि बाँकी रहेका स्वास्थ्थ सस्थामा चाडै नै बर्थिङ सेन्टरको ब्याबस्था गर्ने चेम्जोङको जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ