arrow

तरुण दलका अध्यक्षले भने ' गगनले महामन्त्रीमा उमेद्धारी दिनु स्वभाविक '

logo
विपीन निङ्लेकु।
प्रकाशित २०७२ माघ १४ बिहिबार
Bipin-Suuba.jpg.jpeg
तेह्रथुम। नेपाल कांग्रेस प्रजातान्त्रिक मुल्य र मान्यतालाई सिरोपर गर्ने पार्टी हो। अहिलेसम्म पार्टीमा युवाहरुको जोस र जाँगरले काम गर्ने अवसर पाएका छैनन्। अब पार्टीभित्र पुराना नेता कार्यकर्तालाई सम्मान र युवा शक्तिले नेतृत्व गर्दै नयाँ, पुराना नेता कार्यकतालाई मिलाएरै लैजान सकिने गरिको नेतृत्व चयन हुन आवश्यक छ।
 
खासगरी समाजवादको सिद्धान्तको वकालत गर्ने कांग्रेसभित्र जिल्लादेखि केन्द्रसम्मका केही नेताहरु पुँजीवादको पछाडि लागेको पनि यथार्थ हो, जुन गलत छ। पार्टीभित्र त्यस्ता धेरै कमजोरीहरु छन् त्यसैलेपनि यही महाधिवेशनबाट सच्चिएर जाने र देशलाई अहिलेको गम्भीर संकटबाट मुक्त गर्ने सक्ने नेतृत्व छानिनुपर्छ। 
 
कोही व्यक्ति कसैको विचार र व्यक्तित्वबाट प्रभावित हुनु जायज हो। यो महाधिवेशनमा गुट–उपगुट भएर भन्दापनि व्यक्ति र व्यक्तित्व हेरेर हिजो जे भएको थियो, त्यसैलाई मात्र निरन्तरता दिने होइन, नयाँ ढंगबाट विपीले दिएको मार्गदर्शनमा आधारित रही पार्टीलाई अगाडि बढाउन सक्ने नेतृत्व छान्नतर्फ सबैको ध्यान जानुपर्छ। 
 
जहाँसम्म पार्टीमा युवा नेतृत्वको कुरा छ, अहिलेको अवस्थामा युवा नेता गगन थापा जति अरु युवा नेताहरुले तुलनात्मक रुपमै पनि योगदान गर्न सकिरहेका छैनन्। गगनको ठुलो योगदान छ। थापासँग आम नेपाली युवालाई समेटेर राष्ट्रको विकासमा डट्न सक्ने विचार, नीति र योजना छ, त्यसैले गगनले महामन्त्रीमा उमेद्धारी दिनु मलाई स्वभाविक लाग्छ। यसको मतलब उहाँलाई नै महामन्त्री बनाउनै पर्छ भन्ने चाँहि होइन। 
 
केन्द्रमा जस्तै जिल्ला र गाउँ तहसम्म पनि अब युवाहरुले पनि जिम्मेवारी लिएर पार्टीलाई चल, ऊर्जाशील र शशक्त राख्नुपर्छ । अझ म त भन्छु, जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको कम्तिमा सचिव पदमा युवाहरुको प्रतिनिधित्व हुनेगरी युवा नेतृत्वलाई ठाउँ दिइनुपर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ