arrow

चर्कियो नर्स आन्दोलन, ‘नर्स महाशाखा चाहियो’

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
narsh.jpg

काठमाडौं । श्रम ऐनले गरेको व्यवस्था अनुसार सेवा–सुविधाको माग गरेर नर्सहरुले राजधानीमा प्रर्दशन गरेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुलाई पुनःवहालीको माग गर्दै आन्दोलनमाउत्रिएका नर्सहरुले माईतीघरबाट नयाँ बानेश्वरसम्म जुलुससहितको प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका नर्सहरुले आफुहरुको उचित व्यवस्था गर्न नर्स महाशाखा नै स्थापना गर्नुपर्ने लगायतका ११ बुँदे माग अघि सारेका छन् ।

उनीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिने भन्दै प्रदर्शन गरेका हुन् । नर्सहरुको उचित व्यवस्थापनका लागि नर्स महाशाखा नै स्थापना गरिनु पर्ने आफुहरुको माग रहेको नेपाल नर्सिङ् संघकी अध्यक्ष गंगा थापाले बताइन् ।

नेपालका विभिन्न अस्पतालमा अहिले ७४ हजार ८ सय नर्सहरु कार्यरत छन् ।  आफुहरुलाई श्रम ऐन अनुसारको सेवा–सुविधा दिलाइदिन भन्दै उनीहरु आन्दोलित भएका छन् । उनीहरुले आफुहरुले अहिलेसम्म श्रम ऐन अनुसार पारिश्रमिक वा कुनै सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।

आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले कुनै कारण विना नर्सहरुलाई निकालेपछि पुनःवहालीका लागि भन्दै देशभरका नर्सहरु ऐक्यवद्ध भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ