arrow

वीर अस्पतालले सुरु गर्‍यो ‘टेलीमेडिसिन सेवा’

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
Telemedicine_Consult.jpg

काठमाडौँ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ ।  वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले राजधानीबाहिरका चिकित्सकसँग सम्पर्क गरी बिरामीको उपचार सेवा सहज बनाउन अहिले पूर्वाभ्यास सेवा सुरु गरिएको बताए ।

‘वीर अस्पतालबाट डिस्चार्ज भई गएका बिरामीलाई पनि आफ्नै ठाउँमा नियमित जाँच गर्न, अन्य बिरामीहरुको भिडियो कुराकानीपछि तुरुन्त उपचार गर्न सकिन्छ ,’’ उनले भने।

उनले पूर्वाधार जडान गरी पूर्वाभ्यास गरिरहेकोले छिट्टै नियमित सेवा शुरु गरिने पनि बताए । अस्पतालाई अमेरिका नेपाल मेडिकल फाउण्डेशनले १२ लाख बराबरको टेलीमेडिसिनको उपकरण सहयोग गरेको हो ।

‘‘पहिलो अवस्थामा स्याटेलाइट सेन्टरहरु धादिङ, दोलखालगायत स्थानबाट, त्यसपछि विराटनगर, भैरहवा, बुटबललगायतमा न्याम्सबाट गएका आवासीय चिकित्सकलाई वीर अस्पतालबाटै यो सेवा प्रदान गर्न सकिने छ,’’ उनले भने।

अस्पतालले टेलीमेडिसिन सेवालाई दुर्गम क्षेत्रमा पनि विस्तार गरी त्यहाँका जनतालाई स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

टेलीमेडिसिनले उपचारमा आएको जटिलताबारे केन्द्र र मोफसलका चिकित्सकबीच सम्पर्क, समन्वय हुनसकेमा धेरै बिरामीको अकालमै हुने मृत्यु रोक्न सम्भव हुने अस्पतालको विश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ