arrow

दाहालले यस कारण थाइल्याण्ड जान्न भने ? फिर्तिपछी ‘महन्थलाई फसाद’

यता जाउँ कि उता ?

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
pushpa-kamal-dahal-mahantha-thakur.jpg.jpeg

काठमाडौं । दिल्लीमा उपचार गर्न गएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर फिर्तिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको थाइल्याण्ड भ्रमण रोकिएको छ । दाहाल शुक्रबार थाइल्याण्ड जाने कार्यक्रम थियो । पार्टी सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको अवस्था बुझ्न र चिकित्सकसंग सल्लाह गर्न जाने कार्यक्रम तय भएकामा तमलोपा अध्यक्ष महन्थ ठाकुर विहिबारै दिल्लीबाट फर्किने सुचना पाएपछि दाहालले एक दिन अगावै भ्रमण रद्द गरे । यद्यपि, दाहाल पार्टीको आन्तरिक समस्याले समेत रोकिएका पुत्र प्रकाश दाहालले हाम्राकुरालाई जानकारी दिए ।

प्रकाशले भने,‘अहिले पार्टीको स्थायी समिति बैठक र मन्त्रीहरुसंग छलफल समेत भइरहेको छ, अनन्त सरको स्वाथ्य स्थिति ठिक रहेकाले, यहाँको विषय वस्तुलाई महत्व दिनु भएको हो ।’ मधेसी नेताहरुसंगको नियमित छलफल र तत्काल समस्या समाधान गरी प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषय टुंगो लगाउनु पर्ने भएकाले रोकिनु भएको हो । अब मधेस समस्या समाधान नभएसम्म नजाने भनिरहनु भा छ, ‘प्रकाशले थपे’ ‘अन्नन्त सरको रिजल्ट पनि महत्वपूर्ण हो, उता पनि हेर्नै पर्दछ ।’ अहिले उहाँको अवस्था निकै सुधार भएको छ ।

आफै हिडडुल गर्ने, खाना खाने, फोन गर्ने गर्नु हुन्छ । यस्तै, पूर्व अर्थमन्त्री पुन थाइल्याण्डको बैङककमा रहेको समितिभेज अस्पतालबाट डिस्चार्ज भएर होटलमा बसिरहेको सभामुख एवं पुन पत्नी ओनसरी घर्तीका नीजि सचिव सुरज दूराले जानकारी दिए । दुराले भने,‘निश्चित ठाउँमा हिडडुल गर्नु हुन्छ, संक्रमण बढ्ने डरले बाहिर निस्कनु हुन्न, चिकित्सकै निगरानीमा हुनुहुन्छ, अवस्था निकै सुधार भइसकेको छ ।’ एक दुई हप्तामा पूर्ण सुधारको रिपोर्ट आउन सक्छ ।

ज्ञानेन्द्रसंगको भेटको कुरा नी ?
प्रकाशले भने,‘उहाँ पनि त्यतै हुनु संजोग मात्रै हो ।’ कुनै भेटघाटको कार्यक्रम थिएन । डक्टरहरुसंग सल्लाह गर्न जान लाग्नु भएको थियो । पूर्वराजासंगको भेटको विषय सत्य होइन । पूर्व राजा ज्ञानेन्द्र शाह समेत केही समयदेखि थाइल्याण्ड मै छन् । सरकार गठन अघि पूर्व राजा ज्ञानेन्द्र शाह दाहाल र प्रधानमन्त्री ओलीसँगको परामर्शमा थिए ।

महन्थ फिर्ती
दिल्लीमा खुट्टाको शल्यक्रिया गर्न गएका तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई सत्ताधारी, विपक्षी  र स्वयं मधेसी मोर्चाका नेताहरु पर्खिरहेका छन् । लामो समय देखि त्रीपक्षिय छलफल हुन सकेको छैन । ठाकुर विहिबार राति काठमाडौं फर्किदै छन् । राती १०ः५५ मा काठमाडौं आइपुग्ने दिल्लीको अन्तिम फ्लाइट अर्थात् जेट एयरवेजको विमानमा ठाकुर काठमाडौं ओर्लने बताइएको छ । ठाकुरका स्वकिय सतेन्द्र मिश्रले हाम्राकुरासंग राती अन्तिम फ्लाइटमा आउन लागेको जानकारी दिए ।

ठाकुरको फिर्तिपछी सत्ताधारीहरुको व्यस्तता बढ्ने निश्चित छ । ठाकुरकै फिर्तिलाई मध्यनजर गरी सत्ताधारी एमाओवादी अध्यक्ष दाहाल थाइल्याण्ड जानबाट रोकिएका छन् भने, एमाले पनि छलफलको तयारी गर्दै छ । तर, ठाकुर पहिले मोर्चाले बनाउन लागेको गठबन्धनबारे पहिलो परामर्श गर्ने छन् । मोर्चाले संसदभित्र र बाहिर छुट्टा छुट्टै गठबन्धन निर्माणको तयारी गरी सकेको छ । ठाकुरको उपस्थितिमा औपचारिक छलफलमा गठबन्धनको प्रस्तावबारे छलफल हुने मोर्चाका नेताहरुले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ